२०८३ साउन २७ गते बुधबार

भारत: विश्वको चौथो ठूलो अर्थतन्त्र, बलियो वृद्धिका बाबजुद कसरी झर्‍यो छैटौँ स्थानमा?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
indian_eco

काठमाडौँ: छिमेकी मुलुक भारत अर्थतन्त्रको आकारका आधारमा पुनः छैटौँ स्थानमा झरेको छ। भारत ३९ खर्ब २० अर्ब (३.९२ ट्रिलियन अमेरिकी डलर) सहित विश्वको छैटौँ वरीयतामा झरेको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको छ।

आईएमएफको प्रतिवेदनले भारतलाई विश्वको छैटौँ ठूलो अर्थतन्त्र बनाएको सरकारले भारतीय संसदलाई जानकारी दिएको छ।

‘आईएमएफको वरीयता अमेरिकी डलरको प्रचलित विनिमय दरमा मापन गरिएको जीडीपीमा आधारित हुन्छ। तसर्थ, आर्थिक वृद्धि, विनिमय दर र मूल्यमा हुने उतार चढाव, राष्ट्रिय लेखामा गरिने संशोधन तथा अन्य प्रमुख अर्थतन्त्रहरूको आकार र वृद्धिमा आउने परिवर्तनजस्ता विभिन्न कारकहरूका कारण अर्थतन्त्रहरूको सापेक्षिक वरीयतामा परिवर्तन आउन सक्छ,’ राज्य सभामा दिइएको लिखित जवाफमा अर्थ राज्यमन्त्री पंकज चौधरीले भनेका छन्।

सरकारले भारतीय अर्थतन्त्रको वृद्धिको सम्भावनालाई बढावा दिन बृहत रणनीतिको अवलम्बन गरेको उनले बताएका छन्। कृषि उत्पादकत्व बढाउन,उत्पादनमा आधारित प्रोत्साहन योजना जस्ता पहलहरू र गुणस्तर नियन्त्रणसम्बन्धी आदेशहरूमा सहजीकरणमार्फत उत्पादन क्षेत्रलाई प्रवद्र्धन गर्न तथा साना तथा मझौला उद्यमहरूलाई सुदृढ बनाउन केन्द्रित छ।

तेल संकटले भारतको उच्च आर्थिक वृद्धिलाई धक्का, अर्थतन्त्र संकुचनको बाटोमा!

विश्वस्तरीय पूर्वाधारको विस्तार, पीएम गति शक्ति र राष्ट्रिय लजिस्टिक नीतिमार्फत लजिस्टिक व्यवस्थामा सुधार तथा नवीनता, डिजिटलाइजेसन र अनुसन्धानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको उनले बताए।

सरकारले निरन्तर सार्वजनिक पुँजीगत खर्च, उदारीकृत प्रत्यक्ष वैदेशिक लगानी नीति, प्रत्यक्ष कर तथा जीएसटी सुधारमार्फत प्रभावकारी र सरल कर प्रणाली, र व्यवसाय सञ्चालनको सहजतामा निरन्तर सुधारजस्ता उपायहरूद्वारा लगानीलाई प्रवद्र्धन गरिरहेको राज्यमन्त्रीले जानकारी दिएका छन्।

४१ खर्ब ८० अर्ब डलरसहित भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, तीन वर्षमा जर्मनीलाई उछिन्ने

यसअघि, आईएमएफले भारतले अर्को वर्ष जापानलाई जित्ने अनुमान गरेको थियो। सरकारी आर्थिक ब्रिफिङ नोटअनुसार ४१ खर्ब ८० अर्ब डलरको जीडीपीसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गर्ने जनाएको थियो।

यस्तै आगामी साढे दुई–तीन वर्षमा जर्मनीलाई चौथो स्थानमा सार्ने सम्भावना रहेको आईएमएफले उल्लेख गरेको थियो। आईएमएफका अनुसार सन् २०२२ मा बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो। सो वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्वपूर्ण प्रगति हासिल गरेको थियो। तर, आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार भारत बेलायत भन्दा पछि पुगेको छ।

भारतको जीडीपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको थियो। सन् २०२६ मा आईएमएफले जापानको जीडीपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको थियो। तर, भारतको अर्थतन्त्रको आकार ४० खर्ब डलर भन्दा तल रहेको छ।

यस्तो छ अर्थशास्त्रीहरूको भनाइ

अर्थशास्त्रीहरूका अनुसार यसको जवाफ केवल आर्थिक वृद्धिमा मात्र नभई उक्त वृद्धि डलरको हिसाबमा कसरी देखिन्छ भन्ने कुरामा निहित छ।

जियोजित इन्भेस्टमेन्ट्स लिमिटेडका प्रमुख लगानी रणनीतिकार डा. भीके विजयकुमारले भने ‘डलरमा मापन गरिएको जीडीपीमा भारत छैटौँ स्थानमा झर्नुको मुख्य कारण डलरसँग भारुको अवमूल्यन नै हो।’ उनले गत वर्ष मुद्राको मूल्यमा देखिएको तीव्र अन्तरतर्फ पनि औंल्याए।

इन्फोमेरिक्स रेटिङ्सका प्रमुख अर्थशास्त्री मनोरञ्जन शर्माले यस परिवर्तनलाई कुनै संरचनात्मक कमजोरीभन्दा पनि विभिन्न कारकहरूको संयोजनका रूपमा व्याख्या गरेका छन्।

‘भारतको यो पछाडि पर्ने क्रमको मुख्य कारण अर्थतन्त्रको आधारभूत पक्षहरू कमजोर हुनु होइन, बरु मुद्राको मूल्यमा आएको परिवर्तन, तथ्यांक संशोधन र बाह्य दबाबको संयुक्त असर हो’ शर्माले भने ‘यसको मूल कारण मुद्रासम्बन्धी प्रभाव नै हो।’

६ देखि ६.५ प्रतिशतको बलियो वास्तविक आर्थिक वृद्धि भए पनि रुपैयाँको अवमूल्यनले डलरको हिसाबमा जीडीपी घटाउँछ। जसले गर्दा बलियो मुद्रा भएका देशहरू भारतभन्दा अघि बढ्न सहयोग पुगेको उनको तर्क छ।

यस्तै बाह्य झट्काहरूले यो प्रवृत्तिलाई अझ बढावा दिएका छन्। बाह्य झट्काहरू, विशेष गरी पश्चिम एसियाको द्वन्द्वले कच्चा तेलको मूल्य बढाएर चालू खाता घाटा फराकिलो पारेर र मुद्रास्फीतिलाई उकासेर यो प्रवृत्तिलाई तीव्र बनाएका छन्। यसले भारुमाथि थप दबाब सिर्जना गरेको शर्माले बताए।

कच्चा तेल आयात गर्ने अर्थतन्त्रका लागि मूल्य वृद्धिले डलरको माग बढाउँछ। जसले मुद्रालाई कमजोर बनाउँछ र फलस्वरूप डलरमा मापन गरिने जीडीपीको मूल्य घटाउँछ।

उनले भने, ‘आर्थिक वर्ष २०२५ मा डलरको तुलनामा भारुको मूल्य ११ प्रतिशत घट्यो। यसको विपरीत, जापानी येनको मूल्य १० प्रतिशत र पाउन्ड स्टर्लिङको मूल्य २ प्रतिशत बढ्यो। मुद्राको मूल्यमा आएका यिनै परिवर्तनहरूले जापान र बेलायतलाई भारतभन्दा अगाडी पुर्याएको शर्माको तर्क छ।

विश्वव्यापी जीडीपीको वरीयता अमेरिकी डलरमा गणना गरिने हुनाले आन्तरिक उत्पादनमा निरन्तर वृद्धि भइरहेको अवस्थामा पनि विनिमय दरमा आउने उतारचढावले देशहरूको स्थान परिवर्तन गर्न सक्छ।
दुवै अर्थशास्त्रीहरूले वरीयतामा आएको परिवर्तनले आर्थिक गति सुस्त भएको नजनाउने कुरामा जोड दिन्छन्।

‘आईएमएफको अनुमान अनुसार, पछिल्ला चार वर्षमा भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको ठूलो अर्थतन्त्र बनेको छ। आगामी दुई वर्षका लागि गरिएका प्रक्षेपणहरूले पनि भारतलाई अन्य ठूला अर्थतन्त्रहरूभन्दा निकै अगाडि देखाउँछन्’ विजयकुमारले भने ‘भारतको वरीयतामा देखिएको गिरावट मुख्यतया तथ्यांकीय हो, वास्तविक होइन।’

तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा भारतको यात्रा यथावत रहेको र आगामी सन् २०२८–२०३० को आसपास पुग्न सक्ने शर्माको अनुमान छ।

प्रकाशित: २०८३ साउन २७ गते बुधबार ०१:०७
प्रतिक्रिया

थप समाचार

सहकारीलाई बागमती प्रदेशको नयाँ निर्देशन: डिजिटल नियमनमा जोड, अटेर गरे कारबाही

काठमाडौँ: बागमती प्रदेश सरकारले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संघसंस्थाहरूको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन नयाँ निर्देशन जारी गरेको छ। बागमती प्रदेशको आन्तरिक...

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रहः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्’

उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने स्पष्ट पार्दै लगानी, उत्पादन, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए।

विदेशी लगानी भित्र्याउन २० ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा नेपाली प्रतिनिधिको सहभागिता रहनेछ ।

भारुको अवमूल्यन हुँदा डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर

भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलर बराबर ९६ भारुसम्म पुगेको छ। डलरसँग भारु झण्डै १० प्रतिशत कमजोर बनेको छ।

२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

काठमाडौँः आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना