२०८३ साउन २७ गते बुधबार

डोङफेङ बसका २ मोडल सार्वजनिक, पहिलो ५० ग्राहकलाई ५ लाख छुट, खास मूल्य कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
dongfeng

काठमाडौँ: हिमालयन अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू नेपाल ल्याएको छ।  कम्पनीले २ मोडलका बस काठमाडौँको भृकुटीमण्डपमा जारी नाईमा अटो एक्स्पोमा सार्वजनिक गरेको हो।

डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ।

कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ।

डोङफेङका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

नेपालमा पनि डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएकामा यस बसले थप नयाँ उचाईमा पुर्‍याउने अपेक्षा लिएको छ।

हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगतदेखि नै भारतको फेर्स मोटर्स तथा चीनको एसएआइसी ग्रुप अन्तर्गत रहेको म्याक्सस कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठूला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।

उक्त अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५ं१ र सिटी बस २७ं१ सीट क्षमताका बसहरू सार्वजनिक गरेको छ जस्को मल्य १ करोड १४ लाख ५० हजार रूपैयाँ देखि शुरु हुनेछ। अटो एक्स्पोमा बुक गर्ने पहिलो ५० ग्राहक महानुभावहरुलाई ५ लाख विशेष छुटको ब्यवस्था गरेको छ।

प्रकाशित: २०८३ साउन २७ गते बुधबार ०४:०५
प्रतिक्रिया

थप समाचार

बीवाईडीका अपग्रेडेट सिरिजहरू प्रदर्शनीमा, एक्सपोमा विशेष छुट

काठमाडौँ: काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ। एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा...

रेल तान्न सक्ने शक्तिशाली एमजी मेजेस्टर नेपाल आयो, मूल्य साढे २ करोड

काठमाडौँ: बेलायती विरासत बोकेको एमजी ब्रान्डको अहिलेसम्मकै शक्तिशाली र विशाल एसयूभी ‘मेजेस्टर’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले राजधानीमा...

नाइमा एक्सपोमा थरीथरीका गाडी, हेर्नुहोस् ३३ तस्बिरमा

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ। एक्स्पो आजदेखि साउन...

निसानको प्रिमियम एसयूभी ‘टेकटन’को बिक्री सुरु, मूल्य कति?

काठमाडौँ: जापानी गाडी निशानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर्स मोटोकर्पले नयाँ एसयूभी ‘टेकटन’ भित्र्याएको छ। ‘नाइमा मोबिलिटी एक्स्पो’ मा कम्पनीले उक्त गाडी औपचारिक रूपमा सार्वजनिक...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना