२०८३ कार्तिक १९ गते बुधबार

नाइमा एक्स्पो २०२६ : बैंकले दिए एक खर्ब ४२ अर्ब अटो लोन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २८
auto_show

काठमाडौं। अटो लोन बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन्।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ’मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ’नाइमा मोबिलिटी संवाद’ मा उनीहरुले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले सन् २००७/०८ मा विश्वव्यापी संकट आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताए।

‘बासेलमा पनि उक्त कुरा रहेकोले हामीले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं। हायर परचेर्ज कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ’ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ। त्यसमा सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ।’

लोन डिफल्ट हुँदै गएपछि भोली गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने भएकोले यो आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, ‘लोन टू भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ। राज्यको सोचमा पनि भर पर्छ। परिवर्तन पनि हुन सक्छ।’ ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टू भ्यालु रेसियो केही सहज गराएको उनले बताए।

उनले अटो कर्जा र हायर पर्चेज कर्जा फरक भनेर बुझ्नुपर्ने उनले बताए। यस्तो कर्जामा मोबाइल र घरायसी सामान पनि गइरहेकाले फरक बुझ्नुपर्ने उनले प्रस्ट पारे। उनले अहिले कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब हायर पर्चेज कर्जाको हिस्सा रहेको जानकारी दिए। गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको तथ्यांक उनले दिए।

‘यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरु कर्जा दिन तयार रहेकाले यसमा जोखिम पनि कम छ,’ उनले भने। अटो लोनमा क्रेडिट बबल आउँछ र जोखिम हुन्छ जस्तो नलागेको निर्देशक सुवेदीले बताए। ‘एउटा क्षेत्रमा समस्या आएपछि सबै क्षेत्रमा असर पर्छ भन्नेमा राष्ट्र बैंक सतर्क छ,’ उनले भने।

बीमा दाबी गर्दा समस्या हुने गलत भाष्य

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिलबल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताए। उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने बताए। यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनको तर्क छ।

यसको निष्पक्ष पारदर्शिता बीमाको ऐनमा बसेर फछ्र्योट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ। उनले भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ। बीमा प्राधिकरणले के गर्यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ। अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्नेछ,’ उनले भने।

उनले घरायसी सामानको जोखिम पनि नदेखिने भएकाले बीमा नभएको बताए। सवारी साधन र मोबाइलबाहेक घरायसी सामानमा बीमा नदेखिएको उनको भनाइ छ। उनले ईभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसिएसन काटिने जानकारी दिए।

हायरपर्चेज कम्पनीले दिए ४० अर्ब ऋण

नाइमा मोबिलिटी संवादमा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका सीईओ समिर ठाकुरले हायर पर्चेज कम्पनीलाई राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन्। उनले हायर पर्चेज कम्पनीले सवारी साधन, घरायसी सामानमा पनि कर्जा प्रवाह गरी रहेको बताए।

उनले भने, ‘हाम्रो लक्षित वर्ग भनेको बैंकहरुसम्म पुग्न नसक्ने ग्राहक हुन्। सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो।’ यी कम्पनीहरुले बैंकबाट कर्जा लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ यी कम्पनीहरूले कर्जा प्रवाह गरिसकेको जानकारी उनले दिए।

उनले भने, ‘पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ।’

उनले बैंकका प्रक्रिया पूरा भएकाहरुका लागि पनि यी कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए। केही घण्टामा नै हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे। ‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेरभन्दा कमका छन्,’ ठाकुरले भने।

४० वर्ष मुनिकाले ६० प्रतिशत हायरपर्चेज ऋण

कार्यक्रममा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताएका छन्। उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले भने कम रहेको बताए। उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन्। त्यसमा पनि महिलाहरुको संख्या उल्लेख्य छ।’

सबैभन्दा बढी काठमाडौं नै भए पनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ। उनले भने, ‘काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं।’ स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए।

हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरुलाई पनि सहज हुने उनको भनाइ छ। यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए। सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ।

 

प्रकाशित: २०८३ साउन २८ गते बिहिबार ०८:१४
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना