२०८३ कार्तिक १८ गते मङ्गलबार

ओम मेगाश्री फर्मास्युटिकल्सले पायो डब्ल्यूएचओ जीएमपी, बजारमा बलियो उपस्थिति बनाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३०
ommega_shree

काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्ल्यूएचओ जीएमपी) इजाजत (लाइसेन्स) प्राप्त गरेको छ।उद्योगले यही साउन २२ मा डब्ल्यूएचओ जीएमपी लाइसेन्स पाएको हो।

लाइसेन्स प्राप्तीबाट ओम मेगाश्रीका औषधिहरूको गुणस्तर प्रति विश्वास बढ्ने, बजारमा उद्योगका औषधिको प्रतिष्ठा र ब्राण्ड मूल्य बढ्ने सरकारी बोलपत्र (टेन्डर) तथा संस्थागत बिक्रीको अवसर बढ्ने उद्योगको भनाई छ।

भविष्यमा विदेशमा औषधि निर्यात गर्ने आधार बलियो हुने विश्वास ओम मेगाश्रीको छ। यस्तै विदेशी कम्पनीहरुसँग सहकार्य तथा लाइसेन्सिडको अवसर बढ्ने र उत्पादन क्षमताको राम्रो उपयोग गरी बिक्री, नाफा तथा कम्पनीको मूल्यांकन बढाउन सहयोग पुर्याउने जानकारी उद्योगले दिएको छ।

आइ एण्ड इयर ड्रप र भेट उत्पादन विस्तारका साथै कम्पनीको वृद्धि एवम विकासका निम्ति आवश्यक योजना र नोक उचित कार्यान्वय प्रक्रिया अगाडि बढाएको कम्पनीले जानकारी दिएका छन्।

बजारमा बलियो उस्थिती देखाउन ओम मेगाश्रीले रोयल फर्मास्युटिकल्सलाई एक्वायर गर्दै

विगतका अनुभवका आधारमा औषधीको बजारीकरण व्यवस्थापनमा विशेष ध्यान दिई अग्रगामी रूपमा संस्थालाई अगाडि बढाएको उद्योगले जानकारी दिएको छ।
जसको कारणले गर्दा संस्थाको व्यवस्थापकीय तथा वित्तीय व्यवस्थापनमा उल्लेखनीय सुधार हुने आशा गरिएको छ।

रोयल फर्मास्युटिकल्सलाई एक्वायर गर्दै

उत्पादन क्षमता बढाएर बजारमा झनै बलियो उपस्थिति बनाउन दुई औषधी उद्योग एक अर्कामा समाहित (एक्वाएर) मा जाने भएका छन्।

ओम मेगाश्री नेप्सेमा सूचिकृत हुने मुलुककै पहिलो औषधि उद्योग हो। रोयल फार्मास्युटिकल्सलाई एक्वायर गर्ने विषयमा सैदान्तिक सहमति भएको ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपाल क्लिक्सलाई बताएका छन्।

दुबै उद्योगको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) सकिएपछि एक्वाएर हुने भएको छ। डीडीएपछि दुबै उद्योगको सेयर अनुपात (स्वाप रेसियो)तय हुनेछ।

हाल रोयलको कूल पुँजी ५६ करोड ४० लाख रुपैयाँ छ। यस्तै ओम मेगाश्रीको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ।

रोयल नारायणगढमा र ओम मेगाश्री चितवकै जुगेडीमा रहेको छ। ओम मेगाश्री उत्पादन क्षमता विस्तारको क्रममा रहेको र सबै औषधी एउटै प्लान्टबाट उत्पादन गर्न नपाइने भएकाले फरक फरक एरियामा हुनुपर्ने व्यस्थाअनुसार रोयललाई एक्वाएर गर्न लागेको उनले स्पष्ट पारेका छन्।

नयाँ भवन र प्लान्ट स्थापना गर्न पाँच वर्षसम्म लाग्न सक्ने भएकाले प्राप्ति गर्न सहज हुने देखिएको छ।

‘रोयल र ओम मेगाश्रीको औषधी उत्पादन एउटै किसिमको भएकाले उसको बजार र हाम्रो जोड्दा बजार बढ्ने छ। रोयलसँग भएको ४४ वटा उत्पादन ओम मेगाश्रीसँग छैन्। त्यसैले उक्त कारखानाबाट नयाँ औषधी उत्पादन गर्न पाइने भएकाले एक्वाएरमा जान लागेको बताइएको छ।

२१ करोडको औषधी व्यापार

ओम मेगाश्रीले गत आर्थिक वर्षमा २१ करोड रुपैयाँ बढीको औषधी कारोबार गरेको छ। उद्योगको व्यापार बढे पनि गत आर्थिक वर्षमा उद्योग ३ करोड ७७ लाख रुपैयाँ नोक्सानमा रहेको सार्वजनिक वित्तीय विवरण उल्लेख छ। प्रति सेयर आम्दानी (ईपीएस) ६.२९ र नेटवर्थ ९८ रुपैयाँ ऋणात्मक छ।

प्रकाशित: २०८३ साउन ३० गते शनिवार ०६:२४
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना