२०८३ भदौ ३० गते मङ्गलबार

अटोमोबाइल क्षेत्रको कुम्भ मेला: भृकुटीमण्डपमा यसरी बन्दैछ स्टल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
NADA Auto Show Prep_NPL (3)
तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ: नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि अहिले स्टल निर्माण तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।

प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम भइरहेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारीसाधन ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

अटो शोमा विद्युतीय सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्।

त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिनेछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उल्लेख्य सहभागिता रहनेछ।

प्रदर्शनी नजिकिँदै गर्दा भृकुटीमण्डपमा स्टल निर्माणको चहलपहल बढेको छ। स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश व्यवस्थापन, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ।

यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहने आयोजकले जनाएको छ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

नाडाका अनुसार अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ। साथै, नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाका साथै क्षेत्रको भावी सम्भावनाबारे जानकारी लिन पनि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२६ लाई आयोजकले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०३:४३
प्रतिक्रिया

थप समाचार

चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव

काठमाडौँ: नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ। मंगलबार प्रतिनिधिसभाको...

टीभीएस नेपालको दशैं योजना सार्वजनिक, १० लाख नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व...

रसुवा बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले...

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले बिहीबार गरेको निर्णयको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) स्वागत गरेको छ। सरकारले...

सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, ५०० सवारीमा क्षति

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना