२०८३ भदौ ३० गते मङ्गलबार

नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
naada_auto

काठमाडौं। मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

१८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ।

सोमबार विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ।

सोमबार नै भृकुटीमण्डप परिसरमा आयोजना गरिएको प्रेस व्रिफिङ एवम स्टल निर्माण अवलोकन भ्रमण कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार संस्था स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरिएको अटो शो विशेष र भब्य हुनेछ।

‘हामीले सबै तयारी लगभग सकेका छौं। सुरक्षित र सहज रुपमा अवलोकन गर्न मिल्नेगरी व्यवस्थापन गरिरहेका छौं। मंगलबार नौं बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट पाहुनाहरुको उपस्थितिमा अटो शो भब्य उद्घाटन हुनेछ,’ अध्यक्ष उप्रेतीले भने।

यस पटकको शोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने साथै नाम चलेका दुई र चारपांग्रेका नयाँ ब्रान्ड लन्च गरिने कार्यक्रम रहेको उनले बताए।

त्यस्तै नाडाका महासचिव मिलनबाबु मल्लले अवलोकनकर्तालाई कुनै असुविधा नहुनेगरी तयारी गरिएको जानकारी दिए।

भदौ ९ मंगलबारदेखि १४ गतेसम्म (अगस्ट २५–३०, २०२६) आयोजना हुने शोका लागि प्राविधिक तथा कामदारहरू स्टल निर्माणको कामलाई अन्तिम रुप दिइरहेको पनि महासचिव मल्लले जानकारी दिए।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा २०० भन्दा बढी स्टलहरू रहने पनि मल्लले जानकारी दिए। यस पटकको संस्करणमा अघिल्ला वर्षहरुभन्दा थप प्रविधिमैत्री र व्यवस्थित हुने उनले बताए।

यस पटक ५३ सवारी ब्रान्ड साथै अटो कम्पोनेन्ट्स तथा एसेसरिजस् अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स र ग्यारेज उपकरणका लागि करिब ७० वटा छुट्टै स्टलहरु रहने आयोजकको भनाइ छ। साथै बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुको समेत सहभागिता रहनेछ।

प्रकाशित: २०८३ भदौ ८ गते सोमबार ०४:०२
प्रतिक्रिया

थप समाचार

चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव

काठमाडौँ: नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ। मंगलबार प्रतिनिधिसभाको...

टीभीएस नेपालको दशैं योजना सार्वजनिक, १० लाख नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व...

रसुवा बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले...

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले बिहीबार गरेको निर्णयको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) स्वागत गरेको छ। सरकारले...

सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, ५०० सवारीमा क्षति

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना