काठमाडौँः आज बुधबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।