काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.१ प्रतिशत वृद्धि भएको छ। गत वर्ष साउनदेखि असारसम्म २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशत बढेको थियो। २०८३ असारमा विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ थियो।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशत वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८५ हजार ७८३ रहेकोछ।