२०८३ कार्तिक १६ गते आईतबार

पाँच वर्षमा मुलुकको अर्थतन्त्र ६४ अर्ब डलर पुग्ने प्रक्षेपण, विश्व अर्थतन्त्र १५०० खर्ब डलरमाथि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
mof_building

काठमाडौँ: राजनीतिक अस्थिरता र पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि सुस्त हुँदा मुलुकको अर्थतन्त्र विस्तार लक्ष्यअनुसार हुन सकेको छैन्। यो वर्ष मुलुकको आर्थिक वृद्धि ३.८५ प्रतिशत मात्र हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ।

गत वर्ष सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

अर्थतन्त्रको आकार बढेर ६६ खर्ब रुपैयाँ (करिब ४७ अर्ब डलर) हारहारीमा रहेको छ। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार बढेर ७४ खर्ब रुपैयाँ पुग्ने अनुमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

सुस्त कर्जा प्रवाह निजी क्षेत्रले खुलेर लगानी गर्न नचाहेको अवस्थाका साथै नेपाल राष्ट्र बैंकले कर्जा विस्तार ११.५ प्रतिशत अर्थात ७ खर्ब रुपैयाँ हारहारीमा गर्ने लक्ष्य लिएकाले लक्षित आर्थिक वृद्धि पूरा हुनेमा शंका छ।

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँको पुर्याउने लक्ष्य लिएको छ।

यसैबीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रको आकार बढेर आगामी सन् २०३० मा ६४ अर्ब २० करोड अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ। सन् २०३० मा अर्थतन्त्रको आकारको हिसावमा नेपाल ९५ औं स्थानमा हुने अनुमान गरिएको छ। आगामी सन् २०३० मा नेपाल अफ्रिकी मुलुक जिम्बाबे भन्दा पछि र युरोपेली मुलुक स्टोनिया भन्दा अघि हुने अनुमान गरिएको छ।

यद्यपि, हालै भोटेकोशी र त्रिशूली नदी प्रवाहमा आएको विनाशकारी बाढीका कारण नेपालमा यो लक्ष्य हासिल हुनेमा भने शंका छ।

यस्तै दक्षिण एसियामा बंगलादेश छ खर्ब ७७ अर्ब डलरसहित ३२ औं स्थानमा हुने अनुमान छ। मालदिभ्सको १० अर्ब डलर र भुटानको ५ अर्ब ७० करोड डलर हुने अनुमान छ।

विश्व अर्थतन्त्र बढेर १५०० खर्ब डलर पुग्ने

आगामी सन् २०३० सम्म विश्व अर्थतन्त्रको आकार (जीडीपी) बढेर १५ सय खर्ब ३४ अर्ब (१५० ट्रिलियन) डलर नाघ्ने अनुमान आइएमएफको छ। आउँदा वर्ष एसियाका उदीयमान बजारहरूबाट उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। आइएमएफको विश्व आर्थिक परिदृष्य पूर्वानुमानमा आधारित रहेको छ।

२०३० मा तीन ठूला राष्ट्रिय अर्थतन्त्रहरू २०२६ मा जस्तै हुने अनुमान गरिएको छ। अमेरिका अर्थतन्त्र बढेर ३७७ खर्ब (३७.७ ट्रिलियन) डलरको साथ अग्रणी स्थानमा हुने भएको छ।

विश्व अर्थतन्त्रमा अमेरिकाको हिस्सा २५.१ पुग्ने अनुमान छ। त्यसपछि चीन २६० खर्ब (२.६ ट्रिलियन) डलरको साथ दोस्रो स्थान कायमै राख्ने छ। त्यसबेलासम्म विश्व अर्थतन्त्रमा चीनको हिस्सा १७.३ प्रतिशत हुने अनुमान छ। युरोपेली मुलुक जर्मनी ६२ खर्ब (६.२ ट्रिलियन) डलरको साथ तेस्रो स्थानमा हुनेछ। जर्मनीको विश्व अर्थतन्त्रमा हिस्सा ४.१ प्रतिशत हिस्सा हुने अनुमान छ।

यस्तै छिमेकी भारतको अर्थतन्त्रको आकार बढेर ६१ खर्ब ७३ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रमा भारतको हिस्सा ४.१ प्रतिशत हुने अनुमान छ।

संयुक्त रूपमा यी तीन अर्थतन्त्रहरूले २०२६ र २०३० बीच चीनको नेतृत्वमा १०० खर्ब (१० ट्रिलियन) डलर भन्दा बढी आर्थिक उत्पादन थप्ने अनुमान गरिएको छ।

तेस्रो स्थानको लागि दौड उल्लेखनीय रूपमा नजिक छ। २०३० मा जर्मनीको अर्थतन्त्र ६१ खर्ब ७८ अर्ब (६.१७८ ट्रिलियन) डलर हुने अनुमान गरिएको छ। जबकि, भारतको जीडीपी ६१ खर्ब ७३ अर्ब (६.१७३ ट्रिलियन) डलर पुग्ने अनुमान छ। जुन केवल ५ अर्ब डलरको फरक पर्ने अनुमान गरिएको छ। हाल भारत विश्वको छैठौ स्थानमा छ।

यदि हालको वृद्धि प्रक्षेपण जारी रह्यो भने भारतले चाँडै नै जीडीपीमा जर्मनीलाई उछिन्न सक्छ। पाँचौ स्थानमा बेलायत हुने अनुमान छ। बेलायतको अर्थतन्त्रको आकार बढेर ५१ खर्ब ४८ अर्ब डलर पुग्ने अनुमान छ।

यस बेला बेलायत विश्व अर्थतन्त्रमा ३.४ प्रतिशत हिस्सा हुने अनुमान छ। यस्तै छैठौमा जापान पुग्ने अनुमान छ। त्यसबेला जापानको अर्थतन्त्रको आकार बढेर ५० खर्ब, सातौंमा फ्रान्स हुने अनमान छ। फ्रान्सको अर्थतन्त्रको आकार ४० खर्ब, ब्राजिलको ३२ खर्ब र क्यानाडाको ३० खर्ब र ११ औं स्थानमा हुने रसियाको अर्थतन्त्रको आकार २५ खर्ब ९२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

एसियाको उदय

सन् २०३० सम्म एसिया र मध्यपूर्वले ५५ खर्ब ७० अर्ब (५५.७ ट्रिलियन) डलरको आर्थिक उत्पादन गर्ने अनुमान गरिएको छ। जुन विश्वव्यापी अर्थतन्त्रको एक तिहाइ भन्दा बढी हो।

चीन र भारतपछि जापान यस क्षेत्रको अर्को ठूलो अर्थतन्त्र हुनेछ। जसको आय ५० खर्ब (५ ट्रिलियन) डलर हुनेछ। त्यसपछि दक्षिण कोरिया २३ खर्ब र इन्डोनेसियाको २१ खर्ब डलर हुनेछ।

लामो समयदेखि स्थिर रहेको जापानी अर्थतन्त्रले हालैका दशकहरूमा वृद्धिमा उथलपुथल देखेको छ। एक पटक विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको जापानलाई सन् २०१० मा चीनले र २०२४ मा जर्मनीले उछिनेको थियो।

युरोपको सन्तुलित अर्थतन्त्र

युरोपको ३७७ खर्ब (३७ ट्रिलियन) डलरको अर्थतन्त्र २०३० मा विश्वको सबैभन्दा सन्तुलित देशहरू मध्ये एक हुने अनुमान गरिएको छ। तुलनात्मक रूपमा उत्तर र दक्षिण अमेरिका दुवैमा महादेशीय अर्थतन्त्रको आधा भन्दा बढी भाग एउटै देशले ओगटेको छ।

युरोपले २०३० मा विश्वव्यापी अर्थतन्त्रको लगभग पाँचौं भाग ओगट्ने अनुमान गरिएको छ। २०२६ र २०३० बीचमा संकुचित हुने अपेक्षा गरिएका केही प्रमुख अर्थतन्त्रहरूमध्ये रूस पनि एक हो। (भिजुअल क्यापटलिस्टको सहयोगमा)

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०४:३३
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना