काठमाडौँ: आईएमई रेमिट एन्ड पेमेन्टमार्फत् विदेशबाट बाढी पीडितको सहयोगका लागि विदेशबाट पैसा पठाउँदा शुल्क चार्ज नलाग्ने भएको छ।
कम्पनीले प्राकृतिक विपद्को यो संवेदनशील समयमा परदेशबाट नेपालमा नि:शुल्क पैसा पठाउन सक्ने सुविधा उपलब्ध गराएको जानकारी दिएको छ।
कम्पनीले प्रधानमन्त्री द्धैवी प्रकोप उद्धार कोष तथा राहत कोषका आधिकारिक खाता नम्बरसमेत सार्वजनिक गर्दै ती खाता नम्बरमा पैसा पठाउँदा शुल्क नलाग्ने जानकारी दिएको छ।
