काठमाडौँ: ओम मेगाश्री फर्मास्युटिकल्सको टोली औषधि लिएर बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। एनरएनएसँग सहकार्य गर्दै फर्मास्युटिकल्सको एक टोली औषधिसहित प्रभावित क्षेत्रतर्फ लागेको हो।
बुधबार बिहान रसुवाको भोटेकोशी भएर गएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।
बाढीका कारण १७७ जनाको मृत्यु भैसकेको छ भने थुप्रै बेपत्ता छन्।
सिङ्गो देश शोकमा डुबेको यो समयमा सबैले पीडित पक्षलाई सकेको सहयोग गर्नु प्रमुख कर्तव्य भएकाले प्राकृतिक विपत्तिलाई मानवीय कर्मले मल्हम लगाउन आग्रह गर्दै फर्मास्युटिकल्सको टोली मेडिकल सामग्रीसहित सहयोगका लागि प्रस्थान गरेको हो।