काठमाडौँ: भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि आईएमई लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिका घटनाप्रति कम्पनीले दु:ख व्यक्त गरेको छ।
भीषण बाढी र डुबानका कारण सयौँ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको, कैयौँ बेपत्ता भएको, बस्ती तथा पूर्वाधारहरू नष्ट भई सयौँ परिवार विस्थापित हुनुपरेको यस कठिन परिस्थितिमा कम्पनीले प्रभावित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।