काठमाडौँ: रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावितको उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि प्रभु क्यापिटलले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
क्यापिटलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
बुधबार बिहानको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
हालसम्म ४६९ जनाको शव भेटिएको छ भने थुप्रै जना अझै बेपत्ता छन्।