काठमाडौँ: ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुप’ले बुधबार बिहान रसुवाको भोटेकोशी भएर गएको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले भोटेकोशी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।