२०८३ कार्तिक १६ गते आईतबार

भोटेकोशी बाढीः आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
noc_nepal_oil

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ।

उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ।

जसअन्तर्गत भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्याङ्कर र हेलिकप्टरमार्फत), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको हो।

यसैगरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमासमेत मागअनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ।

खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्था समेत गरिएको छ।

नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान र एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट तथा रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहत स्वरूप पठाइएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता निगमले व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०५:०९
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना