२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी बाढीः आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
noc_nepal_oil

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ।

उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ।

जसअन्तर्गत भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्याङ्कर र हेलिकप्टरमार्फत), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको हो।

यसैगरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमासमेत मागअनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ।

खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्था समेत गरिएको छ।

नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान र एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट तथा रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहत स्वरूप पठाइएको छ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता निगमले व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ १३ गते शनिवार ०५:०९
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना