काठमाडौँः आइतबार (आज) सुनको मूल्य घटेको छ। आज सुन तोलामै ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।