२०८३ कार्तिक १६ गते आईतबार

क्षमताको एक तिहाई मात्र केपीआई हेल्मेन्ट उत्पादन गर्दै कोहिनूर समूह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
kpi_helmet

काठमाडौं। दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ। तर पछिल्लो समय केही युवाहरुले कच्चा पदार्थ ल्याएर नेपालमै पनि उत्पादन गरिरहेका छन्।

स्वदेशमै हेलमेट तथा ले–गार्ड उत्पादन गर्दै आएको रुपन्देहीको कोहिनूर समूहले आफ्नो उत्पादन क्षमता विस्तार भए पनि बजार मागअनुसार हाल सीमित उत्पादन गरिरहेको जनाएको छ।

नाडा अटो शोमा भेटिएका कोहिनूर प्लास्टिक इन्डस्ट्रिज प्रालि र कोहिनूर मेटल उद्योगका प्रतिनिधि सुमन बस्यालले कम्पनीसँग दैनिक पाँच हजार युनिट ‘केपीआइ हेलमेट’ उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल बजारको माग एक हजार २०० देखि १ हजार ५०० युनिटको हाराहारीमा रहेकाले सोहीअनुसार उत्पादन भइरहेको बताए।

उनका अनुसार आयातित तयारी वस्तु र स्वदेशी उत्पादनका कच्चा पदार्थबीच भन्सार दरमा आवश्यक तहगत अन्तर नहुँदा नेपाली उद्योगले अपेक्षित रूपमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको छ।

‘दैनिक उत्पादन क्षमता भन्दा पाँचहजार प्रतियुनिट क्षमता छ। तर बजारको माग जम्मा १२ देखि १५ सयसम्म मात्र रहेकाले १२ देखि १५ सयसम्म मात्र अहिले प्रोडक्सनमा छौँ,’ उनले भने, ‘विशेषगरी आयातित वस्तु र कच्चा पदार्थमा डिफरेन्स हुनुपर्ने वा तहगत भन्सार दरको फरक हुनुपर्ने हो त्यो भएको छैन्। तर बजार बिस्तारै सुधार भइरहेको छ। सरकारले पनि केही सहजीकरण गरिदिएको छ। आशा हामी चाँडै पूर्ण प्रोडक्सन गर्ने क्षमतामा पुग्नेछौँ।’

सरकारले यस विषयमा सुधारका लागि काम गरिरहेको भन्दै बस्यालले आगामी दिनमा कम्पनीले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सक्ने वातावरण बन्ने आशा व्यक्त गरे।

१३ मोडलका हेलमेट उत्पादन

कोहिनूरले केएचवानदेखि केएच १३ मोडलका हेलमेट उत्पादन गर्दै आएको छ। बस्यालका अनुसार कम्पनीले नेपालमै पहिलोपटक आइएसआइ र डट सर्टिफाइड हेलमेट उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको छ। कम्पनीका हेलमेटको मूल्य १५ सयदेखि ३५ सय रुपैयाँसम्म रहेको उनले बताए।

त्यस्तै, कोहिनूर मेटल उद्योगले मोटरसाइकलका लेग गार्डसमेत उत्पादन गर्दै आएको छ। ले–गार्डको मूल्य करिब १२ सय देखि १८ सय रुपैयाँसम्म छ।

बस्यालका अनुसार नेपालीपन झल्काउने डिजाइनका हेलमेटलाई ग्राहकले विशेष रुचाएका छन्। कम्पनीको ‘हेरिटेज सिरिज’मा नेपालका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई हेल्मेटको ग्राफिक्समा समेटिएको छ।

त्यस्तै, केएचसिक्स मोडलअन्तर्गत ल्याइएको ‘मुस्ताङ सिरिज’मा मुक्तिनाथ मन्दिर, मुस्ताङको भौगोलिक बनावट तथा फ्लायर्सलाई डिजाइनमा समेटिएको उनले बताए। यी सिरिजका हेलमेट बजारमा उच्च मागमा रहेको उनले बताए।

कोहिनूरले आफ्नो उत्पादन देशका ७७ वटै जिल्लामा पुर्याएको छ। कम्पनीको नेटवर्कमा विभिन्न डिलर, शोरुम तथा आयातकर्ता आवद्ध रहेका छन्। बस्यालका अनुसार कम्पनीको प्रत्यक्ष डिलर नेटवर्कमा मात्रै ४५० देखि ५०० जनासम्म आबद्ध रहेको जानकारी दिए।

उनले अन्तःशुल्क मुख्यतः आयातित वस्तुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रयोग गरिनुपर्ने भन्दै नेपालमा उत्पादन हुनसक्ने वस्तुमा समेत अन्तःशुल्क लगाउँदा स्वदेशी उद्योगलाई असर परेको बताए।

कच्चा पदार्थ र तयारी हेलमेटबीच कम्तीमा दुई तहको भन्सार दरको अन्तर कायम गरिए नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए।

कोहिनूरले हाल २५० देखि ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको र उद्योगमैत्री वातावरण बनेमा रोजगारी संख्या पाँचसय जनासम्म पुर्‍याउन सकिने बस्यालले बताए।

नाडा अटो शोको प्रदर्शनीमा आउने धेरै ग्राहकले नेपालमै हेलमेट उत्पादन भइरहेको थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएका थिए। स्वदेशी उत्पादनप्रति ग्राहकले देखाएको रुचि र प्रोत्साहनले कम्पनीलाई थप उत्साहित बनाएको उनले बताए।

भारतीय हेलमेट आठ हजारसम्मका

नाडा अटो शो मै पौडेल इन्टरप्राइजेजले प्रदर्शनीमा राखेको भारतीय ब्रान्डका हेलमेटप्रति पनि ग्राहकहरुको आकर्षण देखिन्छ। पौडेल इन्टरप्राइजेजका प्रतिनिधि उद्धव ढुंगानाले भारतमा उत्पादित ब्रान्डको बजार नेपालमा बलियो रहेको बताए।

ढुंगानाका अनुसार स्टड्स ब्रान्डका हाफ, फुल तथा मोडुलरलगायत विभिन्न प्रकारका हेलमेट उत्पादन गर्दै आएको बताए। सुरक्षालाई प्राथमिकता दिने भएकाले नेपाली राइडरमाझ स्टड्स लामो समयदेखि लोकप्रिय रहेको उनको उल्लेख गरे।

उनले भने, ‘स्टड्स इन्डियाको ब्रान्ड भयो। यसमा हाफ, फुल, मोडुलर हेलमेट छन्। हामीसँग २२ सय देखि माथि सात–आठ हजारसम्मका हेलमेट छन्।’

ढुंगानाले स्टड्सको बिक्री तथा वितरण सञ्जाल नेपालभर फैलिएको बताए।

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार १२:१८
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना