२०८३ भदौ ३० गते मङ्गलबार

क्षमताको एक तिहाई मात्र केपीआई हेल्मेन्ट उत्पादन गर्दै कोहिनूर समूह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
kpi_helmet

काठमाडौं। दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ। तर पछिल्लो समय केही युवाहरुले कच्चा पदार्थ ल्याएर नेपालमै पनि उत्पादन गरिरहेका छन्।

स्वदेशमै हेलमेट तथा ले–गार्ड उत्पादन गर्दै आएको रुपन्देहीको कोहिनूर समूहले आफ्नो उत्पादन क्षमता विस्तार भए पनि बजार मागअनुसार हाल सीमित उत्पादन गरिरहेको जनाएको छ।

नाडा अटो शोमा भेटिएका कोहिनूर प्लास्टिक इन्डस्ट्रिज प्रालि र कोहिनूर मेटल उद्योगका प्रतिनिधि सुमन बस्यालले कम्पनीसँग दैनिक पाँच हजार युनिट ‘केपीआइ हेलमेट’ उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल बजारको माग एक हजार २०० देखि १ हजार ५०० युनिटको हाराहारीमा रहेकाले सोहीअनुसार उत्पादन भइरहेको बताए।

उनका अनुसार आयातित तयारी वस्तु र स्वदेशी उत्पादनका कच्चा पदार्थबीच भन्सार दरमा आवश्यक तहगत अन्तर नहुँदा नेपाली उद्योगले अपेक्षित रूपमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको छ।

‘दैनिक उत्पादन क्षमता भन्दा पाँचहजार प्रतियुनिट क्षमता छ। तर बजारको माग जम्मा १२ देखि १५ सयसम्म मात्र रहेकाले १२ देखि १५ सयसम्म मात्र अहिले प्रोडक्सनमा छौँ,’ उनले भने, ‘विशेषगरी आयातित वस्तु र कच्चा पदार्थमा डिफरेन्स हुनुपर्ने वा तहगत भन्सार दरको फरक हुनुपर्ने हो त्यो भएको छैन्। तर बजार बिस्तारै सुधार भइरहेको छ। सरकारले पनि केही सहजीकरण गरिदिएको छ। आशा हामी चाँडै पूर्ण प्रोडक्सन गर्ने क्षमतामा पुग्नेछौँ।’

सरकारले यस विषयमा सुधारका लागि काम गरिरहेको भन्दै बस्यालले आगामी दिनमा कम्पनीले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सक्ने वातावरण बन्ने आशा व्यक्त गरे।

१३ मोडलका हेलमेट उत्पादन

कोहिनूरले केएचवानदेखि केएच १३ मोडलका हेलमेट उत्पादन गर्दै आएको छ। बस्यालका अनुसार कम्पनीले नेपालमै पहिलोपटक आइएसआइ र डट सर्टिफाइड हेलमेट उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको छ। कम्पनीका हेलमेटको मूल्य १५ सयदेखि ३५ सय रुपैयाँसम्म रहेको उनले बताए।

त्यस्तै, कोहिनूर मेटल उद्योगले मोटरसाइकलका लेग गार्डसमेत उत्पादन गर्दै आएको छ। ले–गार्डको मूल्य करिब १२ सय देखि १८ सय रुपैयाँसम्म छ।

बस्यालका अनुसार नेपालीपन झल्काउने डिजाइनका हेलमेटलाई ग्राहकले विशेष रुचाएका छन्। कम्पनीको ‘हेरिटेज सिरिज’मा नेपालका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई हेल्मेटको ग्राफिक्समा समेटिएको छ।

त्यस्तै, केएचसिक्स मोडलअन्तर्गत ल्याइएको ‘मुस्ताङ सिरिज’मा मुक्तिनाथ मन्दिर, मुस्ताङको भौगोलिक बनावट तथा फ्लायर्सलाई डिजाइनमा समेटिएको उनले बताए। यी सिरिजका हेलमेट बजारमा उच्च मागमा रहेको उनले बताए।

कोहिनूरले आफ्नो उत्पादन देशका ७७ वटै जिल्लामा पुर्याएको छ। कम्पनीको नेटवर्कमा विभिन्न डिलर, शोरुम तथा आयातकर्ता आवद्ध रहेका छन्। बस्यालका अनुसार कम्पनीको प्रत्यक्ष डिलर नेटवर्कमा मात्रै ४५० देखि ५०० जनासम्म आबद्ध रहेको जानकारी दिए।

उनले अन्तःशुल्क मुख्यतः आयातित वस्तुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रयोग गरिनुपर्ने भन्दै नेपालमा उत्पादन हुनसक्ने वस्तुमा समेत अन्तःशुल्क लगाउँदा स्वदेशी उद्योगलाई असर परेको बताए।

कच्चा पदार्थ र तयारी हेलमेटबीच कम्तीमा दुई तहको भन्सार दरको अन्तर कायम गरिए नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए।

कोहिनूरले हाल २५० देखि ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको र उद्योगमैत्री वातावरण बनेमा रोजगारी संख्या पाँचसय जनासम्म पुर्‍याउन सकिने बस्यालले बताए।

नाडा अटो शोको प्रदर्शनीमा आउने धेरै ग्राहकले नेपालमै हेलमेट उत्पादन भइरहेको थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएका थिए। स्वदेशी उत्पादनप्रति ग्राहकले देखाएको रुचि र प्रोत्साहनले कम्पनीलाई थप उत्साहित बनाएको उनले बताए।

भारतीय हेलमेट आठ हजारसम्मका

नाडा अटो शो मै पौडेल इन्टरप्राइजेजले प्रदर्शनीमा राखेको भारतीय ब्रान्डका हेलमेटप्रति पनि ग्राहकहरुको आकर्षण देखिन्छ। पौडेल इन्टरप्राइजेजका प्रतिनिधि उद्धव ढुंगानाले भारतमा उत्पादित ब्रान्डको बजार नेपालमा बलियो रहेको बताए।

ढुंगानाका अनुसार स्टड्स ब्रान्डका हाफ, फुल तथा मोडुलरलगायत विभिन्न प्रकारका हेलमेट उत्पादन गर्दै आएको बताए। सुरक्षालाई प्राथमिकता दिने भएकाले नेपाली राइडरमाझ स्टड्स लामो समयदेखि लोकप्रिय रहेको उनको उल्लेख गरे।

उनले भने, ‘स्टड्स इन्डियाको ब्रान्ड भयो। यसमा हाफ, फुल, मोडुलर हेलमेट छन्। हामीसँग २२ सय देखि माथि सात–आठ हजारसम्मका हेलमेट छन्।’

ढुंगानाले स्टड्सको बिक्री तथा वितरण सञ्जाल नेपालभर फैलिएको बताए।

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार १२:१८
प्रतिक्रिया

थप समाचार

चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव

काठमाडौँ: नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ। मंगलबार प्रतिनिधिसभाको...

टीभीएस नेपालको दशैं योजना सार्वजनिक, १० लाख नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व...

रसुवा बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। नाइमाले...

भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य: नाडा

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले बिहीबार गरेको निर्णयको नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) स्वागत गरेको छ। सरकारले...

सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, ५०० सवारीमा क्षति

काठमाडौं। बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना