काठमाडौँः गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष कुल आचार्यले आफ्नो तथा आफू सम्बद्ध होली काउ कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराइएको हो।
आचार्य तथा होली काउ कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै पीडितको राहत तथा उद्धारका लागि सहयोग गरेको जनाएको छ।
विपत्तिको समयमा प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उल्लेख गर्दै उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
कुल आचार्य गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत हुन्। उनले व्यक्तिगत रूपमा तथा आफू सम्बद्ध होली काउ कम्पनीमार्फत संयुक्त रूपमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका हुन्।
उक्त सहयोग रकम प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।