२०८३ भदौ ३० गते मङ्गलबार

एनआरएनएले दियो एक करोड सहयोग, पाँच करोड पुर्याउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १५
nrna_1

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

सोमबार एनआरएनएका पदाधिकारीसहितको टोलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री खनालले बाढी तथा पहिरोबाट भएको क्षति तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नरहेको भन्दै पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने बताए।

उनले विपद्पछि तत्काल उद्धारसँगै जनस्वास्थ्य, शव व्यवस्थापन, राहत वितरण तथा विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

ठूलो संख्यामा नागरिकले घरबार तथा व्यवसाय गुमाएकाले त्यसपछि निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

मन्त्री खनालले अर्थमन्त्रीले प्रारम्भिक अनुमानका आधारमा विपद्बाट करिब पाँच अर्ब अमेरिकी डलर बराबरको क्षति भएको हुनसक्ने सार्वजनिक रूपमा बताएको उल्लेख गर्दै सरकारले मात्रै पुनर्निर्माण गर्न नसक्ने बताए।

उनले भने, ‘अहिलेको प्रारम्भिक चरणपछि अझै थुप्रै हाम्रा आवश्यकताहरू बढ्दै जानेछन् र ती आवश्यकताहरू नेपाल सरकार एक्लै गर्न सक्छौं भन्ने लाग्दैन।’

उनले उद्धार तथा राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणका चरणमा समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए।

मन्त्री खनालले एनआरएनएसँग सबै चरणमा सहकार्य हुने विश्वास व्यक्त गर्दै राहत वितरण गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे।

उनले राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितसम्म राहत पुग्ने सुनिश्चित गर्न सरकारले ‘वान डोर’ नीति अघि बढाएको बताए। राहत वितरणअघि र पछि आवश्यक जानकारी सरकारलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

उनले पछिल्लो विपद् सामान्य बाढीभन्दा फरक प्रकृतिको रहेको बताए। नुवाकोटको विदुर पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उनले रसुवा र नुवाकोटका थुप्रै बस्तीमा विपद्ले ठूलो असर गरेको बताए।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले संघले बाढी प्रभावितका लागि प्रारम्भिक चरणमा पाँच करोड रुपैयाँ बराबरको राहत सहयोग गर्ने योजना बनाएको बताए।

उनका अनुसार बाढी आएको भोलिपल्टदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा जुटेका छन्। नुवाकोटको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पहिलो र दोस्रो दिन राहत सामग्री वितरण गरिएको उनले बताए।

त्यसैगरी एनआरएनए एनसीसी चीनका प्रतिनिधिहरूले रसुवाका विभिन्न क्षेत्रमा पुगेर बालबालिकाका लागि लत्ताकपडा वितरण गरेको र एनआरएनएको हेल्थ कमिटीको संयोजनमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

उनले सरकारसँग समन्वय गरेर प्रारम्भिक राहतदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष शर्माले एनआरएनएको पाँच करोड रुपैयाँ सहयोग प्रारम्भिक रूपमा प्रतीकात्मक सुरुवात भएको भन्दै पुनर्निर्माणका क्रममा त्यसभन्दा बढी सहयोग गर्न सकिने बताए।

उनका अनुसार हाल एनआरएनएका राष्ट्रिय समन्वय परिषद्मार्फत विदेशमा रहेका गैरआवासीय नेपालीहरूबाट राहतका लागि रकम संकलन भइरहेको छ। पछिल्ला केही दिनमै करिब साढे ६ करोड रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको उनले बताए।

शर्माले प्रभावित पाँच जिल्लाका परिवारका सदस्यहरू ठूलो संख्यामा विदेशमा रहेकाले उनीहरूसँग समन्वय गरी परिवारसम्म सहयोग पुर्याउने काममा पनि एनआरएनए केन्द्रित रहेको बताए।

उनले गैरआवासीय नेपालीहरूले आर्थिक सहयोगसँगै सम्बन्धित देशका सरकार, नागरिक तथा संघसंस्थामार्फत नेपालमा भएको विपद्बारे जानकारी गराउने कामसमेत गरिरहेको बताए।

अध्यक्ष शर्माले पुनर्निर्माणका क्रममा नेपाललाई आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउनसमेत एनआरएनए तयार रहेको बताए।

प्रकाशित: २०८३ भदौ १५ गते सोमबार ०७:३५
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना