काठमाडौँ। भोटेकोसी बाढीबाट पीडित नागरिकहरूको राहत तथा उद्धारका लागि सांग्रिला ऊर्जा लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रभु बैंकमार्फत २० लाख रुपैयाँको चेक कोषलाई उपलब्ध गराएको हो।
सांग्रिला नेपालको जलविद्युत् क्षेत्रमा सक्रिय विकासकर्ता कम्पनी हो। कम्पनीले संखुवासभाको भोटखोला गाउँपालिकामा ६३ मेगावाट क्षमताको छुछुङ खोला जलविद्युत् आयोजना विकास गरिरहेको छ।
विपद्को कठिन समयमा कम्पनीले उपलब्ध गराएको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।