२०८३ कार्तिक १६ गते आईतबार

बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
photo_044

काठमाडौं। भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन्।

अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन्।

गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण कतिपय स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने सयौँ परिवार प्रभावित भएका छन्।

विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले व्यक्ति, संघसंस्था, निजी क्षेत्र, सरकारी निकाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेको छ।

सरकारको उक्त आह्वानलाई आत्मसात् गर्दै अन्नपूर्ण न्युरो अस्पताल तथा अस्पतालमा कार्यरत कर्मचारीहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका हुन्।

अस्पतालले विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यमा राज्यसँगै निजी क्षेत्र र सामाजिक संस्थाहरूको पनि महत्वपूर्ण भूमिका रहने जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षबाट सहकार्य र सहयोग आवश्यक रहेको अस्पतालको भनाइ छ।

अन्नपूर्ण न्युरो अस्पतालको यो सहयोगले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार ०९:३४
प्रतिक्रिया

थप समाचार

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

म्याक्स टाइकरको दशैँ धमाका: ९ जनाले जिते मोटरसाइकल र स्कुटर, कार कसले जित्ला?

काठमाडौँ: म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेसँगै...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना