काठमाडौँः भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५)ले प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई सहयोग पुर्याउने तथा सरकारको राहत, उद्धार र पुनःस्थापना अभियानमा साथ दिने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “हामी साथमा छौँ, सहयोगमा छौँ” भन्ने भावनासहित कम्पनीले पीडित समुदायको सहयोगका लागि उक्त योगदान गरेको हो।