काठमाडौँः बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एनएमबी बैंकले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गरेका हुन्।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
यसैगरी, बैंकले बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।