२०८३ भदौ ३० गते मङ्गलबार

रसुवा र तातोपानी नाका बन्द, बाढीले २ अर्बको सामान नष्ट, १७६ वटा कन्टेनर अलपत्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
trisuli_dhungebazar_flood (2)

काठमाडौं। दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ। गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ।

बाढी कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म मूल्य बढ्ने जोखिम देखिएको छ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीमा बगेका गाडीमा लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायत दशैँ–तिहारका लागि आयात गरिएका सामान थिए।

‘व्यवसायीले चीनबाट आयात गर्न लागेका चाडपर्व लक्षित सामान नै बाढीमा बगेकाले तत्काल बजारमा सामान उपलब्ध नहुने चिन्ता छ,’ कार्कीले भने। यस्तो अवस्थामा चीन सरकारले तातोपानी नाका समेत अनिश्चित कालका लागि बन्द गरेपछि अहिले चीनबाट सामान ल्याउने तत्कालको मुख्य विकल्प कोरोला नाका बनेको छ।

तर तातोपानीबाट एक दिनमै काठमाडौं आइपुग्ने सामान कोरला नाका हुँदै ल्याउँदा ६ देखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थामा थप दबाब परेको छ। ढुवानी लागतसमेत दोब्बरको हाराहारीमा पुगेको छ।

यसअघि एउटा कन्टेनरको भाडा करिब १ लाख ७५ हजारदेखि दुई लाख रुपैयाँ रहेकोमा अहिले तीन लाखदेखि चार लाख रुपैयाँसम्म पुगेको कार्कीले बताए। गाडीको अभावका कारण महँगो भाडा तिर्दा पनि कन्टेनर पाउन कठिन रहेको उनको भनाइ छ।

ढुवानी लागत बढ्दा बजारमा १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने उनले बताए। तर मूल्य बढ्नु भन्दा पनि चाडपर्वमा आवश्यक सामान नै अभाव हुन सक्ने जोखिम बढी रहेको उनको भनाइ छ।

समुद्री मार्गबाट सामान ल्याएर तत्कालको समस्या समाधान गर्न पनि सम्भव छैन। चीनबाट स्थलमार्ग हुँदै सामान काठमाडौं आइपुग्न करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले अहिले पठाइएका सामान दशैँ–तिहारअघि बजारमा आइपुग्ने सम्भावना नरहेको कार्कीले बताए।

बाढीबाट भएको क्षतिको यकिन विवरण तयार भइनसके पनि संघको प्रारम्भिक अनुमानमा करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भएको छ। ‘एउटा गाडीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्मको सामान रहेको आधारमा यस्तो अनुमान गरिएको हो,‘ उनले भने।

यसबाट सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। कार्कीका अनुसार रसुवा र तातोपानी नाकाबाट यस वर्ष करिब ५० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा बाढीमा बगेका गाडीका सामानबाट मात्रै व्यवसायीले १७–१८ करोड रुपैयाँ राजस्व तिरिसकेका थिए।

कार्कीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारले चीनसँग द्विपक्षीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। दीर्घकालीन रूपमा दोलखाको लामाबगर नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

बाढीले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार ठप्प भएपछि चीनतर्फ केरुङमा नेपालका लागि समान बाकेर आएका १७६ वटा कन्टेनर रोकिएका छन्। ती गाडीका लागि ७४ जना चालक मात्र रहेकाले सबै सामान एकैपटक ल्याउन समस्या भएको संघले उनले बताए। विशेषगरी फलफूल बोकेका कन्टेनर लामो समय रोकिँदा कुहिने जोखिम बढेको छ।

बाढीबाट संघसँग आबद्ध ७६ जना व्यक्ति अझै बेपत्ता रहेको कार्कीले बताए। बैंकबाट ऋण लिएर दशैँका लागि सामान ल्याएका व्यवसायीको सामान र गाडी गुमेकाले चाडपर्वपछि यसको आर्थिक असर अझ गम्भीर रूपमा देखिन सक्ने उनको भनाइ छ ।

 

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०८:२१
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना