२०८३ कार्तिक १४ गते शुक्रबार

५२ प्रतिशत नागरिक बीमाको पहुँचमा, एक महिनामै ३३ अर्ब बढ्यो प्रिमियम

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ १८
beema_pradhikaran

काठमाडौँः मुलुकमा बीमाको पहुँच बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म ५२ प्रतिशतभन्दा बढी जनसंख्यामा बीमाको पहुँचमा पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमाको पहुँच बढेसँगै बीमा कम्पनीहरूको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म ५१.०२ प्रतिशत रहेको बीमाको पहुँच असार मसान्तसम्ममा बढेर ५२.०४ प्रतिशत पुगेको छ। अर्थात् एक महिनाको अवधिमा मात्रै बीमाको पहुँच १.०२ प्रतिशत बिन्दुले वृद्धि भएको छ।

बीमाको पहुँचसँगै बीमा कम्पनीहरूले संकलन गर्ने कुल प्रिमियम रकममा पनि वृद्धि देखिएको छ। जेठ महिनासम्म कुल २ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ रहेको बीमा प्रिमियम संकलन असारसम्म आइपुग्दा बढेर २ खर्ब ५६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणका अनुसार एक महिनामा कुल प्रिमियम संकलन ३३ अर्ब ३१ करोड रुपैयाँले बढेको छ। बीमा क्षेत्रमा एक महिनामै भएको यो वृद्धि मुख्यतः जीवन बीमातर्फको प्रिमियम संकलन बढेसँगै आएको देखिन्छ।

जीवन बीमातर्फ जेठसम्म १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम संकलन भएकोमा असारसम्म यो रकम बढेर २ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अर्थात् एक महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन करिब २६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ। जीवन बीमा कम्पनीहरुको दीर्घकालिन दायित्व हो।

जीवन बीमाको नयाँ कारोबार पनि बढेको देखिएको छ। नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम प्रिमियम जेठमा ४३ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा असारमा बढेर ५३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। एक महिनामा प्रथम प्रिमियम मात्रै १० अर्ब २३ करोड रुपैयाँ बढेको छ।

यस्तै, पुराना बीमालेख नवीकरणबाट प्राप्त हुने प्रिमियम पनि बढेको छ। जेठसम्म १ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नवीकरण प्रिमियम असारसम्म बढेर १ खर्ब ५० अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसले नयाँ बीमित थपिनुका साथै पुराना बीमितले समेत बीमालेख नवीकरण गरिरहेको देखाउछ।

लघु जीवन बीमातर्फ पनि प्रिमियम संकलनमा वृद्धि भएको छ। जेठमा ३ अर्ब ८ करोड रुपैयाँ रहेको लघु बीमा प्रिमियम असारमा बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारी म्यादी जीवन बीमाबाट संकलन हुने प्रिमियम पनि ३ अर्ब ८ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

निर्जीवन बीमा कम्पनीहरूको कारोबार पनि बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। जेठसम्म ४५ अर्ब ५६ करोड रुपैयाँ रहेको निर्जीवन बीमा प्रिमियम संकलन असारसम्म आइपुग्दा ५१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अर्थात् एक महिनामा निर्जीवन बीमा प्रिमियम ६ अर्ब ३६ करोड रुपैयाँले बढेको छ।

लघु निर्जीवन बीमातर्फको प्रिमियम संकलन पनि बढेको छ। जेठमा १ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो प्रिमियम असारमा १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

बीमालेखको संख्यामा पनि वृद्धि देखिएको छ। जेठमा जीवन बीमातर्फ ७१ लाख ९३ हजार बीमालेख जारी भएकोमा असारमा यो संख्या बढेर ७९ लाख ५३ हजार पुगेको छ। त्यस्तै, लघु जीवन बीमालेखको संख्या ५० लाख ८६ हजारबाट बढेर ५५ लाख ७८ हजार पुगेको छ।

निर्जीवन बीमातर्फ जेठमा ३० लाख ९८ हजार बीमालेख जारी भएकोमा असारमा ३४ लाख ६७ हजार पुगेको छ। लघु निर्जीवन बीमालेखको संख्या पनि ४ लाख ५७ हजारबाट बढेर ५ लाख ११ हजार पुगेको छ।

यसैगरी, सक्रिय जीवन बीमालेखको संख्या जेठमा १ करोड ६६ लाख ५५ हजार रहेकोमा असारसम्म बढेर १ करोड ६७ लाख ९२ हजार पुगेको छ। परम्परागत र म्यादी जीवन बीमाको पहुँच ४३.३१ प्रतिशतबाट बढेर ४४.११ प्रतिशत पुगेको छ भने परम्परागत जीवन बीमाको पहुँच १८.६० प्रतिशतबाट बढेर १८.९२ प्रतिशत पुगेको छ।

समग्रमा बीमाको पहुँच, बीमालेखको संख्या र प्रिमियम संकलन तीनै सूचकमा वृद्धि देखिएको छ। एक महिनाको अवधिमै कुल प्रिमियम संकलन ३३ अर्ब रुपैयाँभन्दा बढीले बढ्नु र बीमाको पहुँच ५२ प्रतिशत नाघ्नुले नेपालको बीमा बजार विस्तारको क्रममा रहेको जानकार बताउछन्।

बीमा बजार विस्तारसँगै पछिल्ला वर्ष प्राकृतिक प्रकोप र आन्दोलनमा भएका आगजनीका कारण कम्पनीमाथि जोखिम दायित्व ह्वातै बढेको छ। गत वर्ष भदौ २४ मा भएको तोडफोड र आगजनीमा २५ अर्ब रुपैयाँ बढी दाबी परेको थियो। गत बुधबार भोटेकोशी त्रिशूली नदीमा आएको भीषण बाढीका कारण झण्डै २६ अर्ब रुपैयाँ दाबी पर्ने अनुमान बीमा प्राधिकरणको छ।

सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।

यद्यपि, बीमा क्षेत्रले अझै केही चुनौती सामना गरिरहेको छ। न्यून आय भएका परिवारमा बीमा गर्ने क्षमता सीमित हुनु, ग्रामीण क्षेत्रमा बीमाबारे पर्याप्त जानकारी नपुग्नु तथा दाबी भुक्तानी प्रक्रियालाई लिएर देखिने अविश्वासका कारण अझै ठूलो जनसंख्या बीमाको पहुँचबाहिर रहेको सरोकारवालाहरू बताउँछन्।

हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। पछिल्लो तथ्यांकले बीमा पहुँच, नयाँ बीमालेख, सक्रिय बीमितको संख्या र प्रिमियम संकलन सबै सूचकमा सुधार देखिएकाले आगामी दिनमा पनि बीमा क्षेत्रको विस्तारले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:३१
प्रतिक्रिया

थप समाचार

अनलाइन परीक्षामा अनियमितता गर्ने ४१ परीक्षार्थीमाथि बीमा प्राधिकरणको कारबाही

काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म...

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ। प्राधिकरणले जीवन बिमा...

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना