२०८३ भदौ ३० गते मङ्गलबार

५२ प्रतिशत नागरिक बीमाको पहुँचमा, एक महिनामै ३३ अर्ब बढ्यो प्रिमियम

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ १८
beema_pradhikaran

काठमाडौँः मुलुकमा बीमाको पहुँच बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म ५२ प्रतिशतभन्दा बढी जनसंख्यामा बीमाको पहुँचमा पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमाको पहुँच बढेसँगै बीमा कम्पनीहरूको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म ५१.०२ प्रतिशत रहेको बीमाको पहुँच असार मसान्तसम्ममा बढेर ५२.०४ प्रतिशत पुगेको छ। अर्थात् एक महिनाको अवधिमा मात्रै बीमाको पहुँच १.०२ प्रतिशत बिन्दुले वृद्धि भएको छ।

बीमाको पहुँचसँगै बीमा कम्पनीहरूले संकलन गर्ने कुल प्रिमियम रकममा पनि वृद्धि देखिएको छ। जेठ महिनासम्म कुल २ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ रहेको बीमा प्रिमियम संकलन असारसम्म आइपुग्दा बढेर २ खर्ब ५६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणका अनुसार एक महिनामा कुल प्रिमियम संकलन ३३ अर्ब ३१ करोड रुपैयाँले बढेको छ। बीमा क्षेत्रमा एक महिनामै भएको यो वृद्धि मुख्यतः जीवन बीमातर्फको प्रिमियम संकलन बढेसँगै आएको देखिन्छ।

जीवन बीमातर्फ जेठसम्म १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ प्रिमियम संकलन भएकोमा असारसम्म यो रकम बढेर २ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अर्थात् एक महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन करिब २६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ। जीवन बीमा कम्पनीहरुको दीर्घकालिन दायित्व हो।

जीवन बीमाको नयाँ कारोबार पनि बढेको देखिएको छ। नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम प्रिमियम जेठमा ४३ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा असारमा बढेर ५३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। एक महिनामा प्रथम प्रिमियम मात्रै १० अर्ब २३ करोड रुपैयाँ बढेको छ।

यस्तै, पुराना बीमालेख नवीकरणबाट प्राप्त हुने प्रिमियम पनि बढेको छ। जेठसम्म १ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नवीकरण प्रिमियम असारसम्म बढेर १ खर्ब ५० अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसले नयाँ बीमित थपिनुका साथै पुराना बीमितले समेत बीमालेख नवीकरण गरिरहेको देखाउछ।

लघु जीवन बीमातर्फ पनि प्रिमियम संकलनमा वृद्धि भएको छ। जेठमा ३ अर्ब ८ करोड रुपैयाँ रहेको लघु बीमा प्रिमियम असारमा बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारी म्यादी जीवन बीमाबाट संकलन हुने प्रिमियम पनि ३ अर्ब ८ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

निर्जीवन बीमा कम्पनीहरूको कारोबार पनि बढ्दो क्रममा रहेको तथ्यांकले देखाएको छ। जेठसम्म ४५ अर्ब ५६ करोड रुपैयाँ रहेको निर्जीवन बीमा प्रिमियम संकलन असारसम्म आइपुग्दा ५१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अर्थात् एक महिनामा निर्जीवन बीमा प्रिमियम ६ अर्ब ३६ करोड रुपैयाँले बढेको छ।

लघु निर्जीवन बीमातर्फको प्रिमियम संकलन पनि बढेको छ। जेठमा १ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो प्रिमियम असारमा १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

बीमालेखको संख्यामा पनि वृद्धि देखिएको छ। जेठमा जीवन बीमातर्फ ७१ लाख ९३ हजार बीमालेख जारी भएकोमा असारमा यो संख्या बढेर ७९ लाख ५३ हजार पुगेको छ। त्यस्तै, लघु जीवन बीमालेखको संख्या ५० लाख ८६ हजारबाट बढेर ५५ लाख ७८ हजार पुगेको छ।

निर्जीवन बीमातर्फ जेठमा ३० लाख ९८ हजार बीमालेख जारी भएकोमा असारमा ३४ लाख ६७ हजार पुगेको छ। लघु निर्जीवन बीमालेखको संख्या पनि ४ लाख ५७ हजारबाट बढेर ५ लाख ११ हजार पुगेको छ।

यसैगरी, सक्रिय जीवन बीमालेखको संख्या जेठमा १ करोड ६६ लाख ५५ हजार रहेकोमा असारसम्म बढेर १ करोड ६७ लाख ९२ हजार पुगेको छ। परम्परागत र म्यादी जीवन बीमाको पहुँच ४३.३१ प्रतिशतबाट बढेर ४४.११ प्रतिशत पुगेको छ भने परम्परागत जीवन बीमाको पहुँच १८.६० प्रतिशतबाट बढेर १८.९२ प्रतिशत पुगेको छ।

समग्रमा बीमाको पहुँच, बीमालेखको संख्या र प्रिमियम संकलन तीनै सूचकमा वृद्धि देखिएको छ। एक महिनाको अवधिमै कुल प्रिमियम संकलन ३३ अर्ब रुपैयाँभन्दा बढीले बढ्नु र बीमाको पहुँच ५२ प्रतिशत नाघ्नुले नेपालको बीमा बजार विस्तारको क्रममा रहेको जानकार बताउछन्।

बीमा बजार विस्तारसँगै पछिल्ला वर्ष प्राकृतिक प्रकोप र आन्दोलनमा भएका आगजनीका कारण कम्पनीमाथि जोखिम दायित्व ह्वातै बढेको छ। गत वर्ष भदौ २४ मा भएको तोडफोड र आगजनीमा २५ अर्ब रुपैयाँ बढी दाबी परेको थियो। गत बुधबार भोटेकोशी त्रिशूली नदीमा आएको भीषण बाढीका कारण झण्डै २६ अर्ब रुपैयाँ दाबी पर्ने अनुमान बीमा प्राधिकरणको छ।

सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।

यद्यपि, बीमा क्षेत्रले अझै केही चुनौती सामना गरिरहेको छ। न्यून आय भएका परिवारमा बीमा गर्ने क्षमता सीमित हुनु, ग्रामीण क्षेत्रमा बीमाबारे पर्याप्त जानकारी नपुग्नु तथा दाबी भुक्तानी प्रक्रियालाई लिएर देखिने अविश्वासका कारण अझै ठूलो जनसंख्या बीमाको पहुँचबाहिर रहेको सरोकारवालाहरू बताउँछन्।

हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। पछिल्लो तथ्यांकले बीमा पहुँच, नयाँ बीमालेख, सक्रिय बीमितको संख्या र प्रिमियम संकलन सबै सूचकमा सुधार देखिएकाले आगामी दिनमा पनि बीमा क्षेत्रको विस्तारले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०७:३१
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...

आईएमई लाइफका संस्थापक सेयर बिक्रीमा

काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा कम्पनीका...

भोटेकोशी बाढीको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थ मन्त्रालय सक्रिय

काठमाडौँः भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारीसाधन, कृषि तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सरल, पारदर्शी र द्रुत बनाउन...

रसुवा बाढीः २५ अर्ब ८७ करोडको बीमा दाबी पर्ने अनुमान, ओरिएन्टल एक्लैलाई १३ अर्बको भार

भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपालको निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलोमध्येको एक 'वित्तीय झट्का’ दिएको छ।

सिटिजन लाइफद्वारा डेढ करोड सहयोग, प्रभावित बीमितको अवस्था बुझ्न विशेष पहल

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना