२०८३ कार्तिक १६ गते आईतबार

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
New Project – 2026-09-03T123807.396

काठमाडौँः गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।

अगस्ट २६ मा चीन–नेपाल सीमा क्षेत्रमा विनाशकारी पहिरो गएको थियो। उक्त विपद्मा नेपालमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुगेको नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाएको छ।

अन्तर्राष्ट्रिय दातृ निकाय तथा विभिन्न देशबाट पठाइएको सहयोगमा तत्काल आवश्यक पर्ने ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाशका सामग्रीलगायत छन्। सहयोगमा खाद्य सामग्री, औषधि तथा अन्य आवश्यक सामग्री पनि समावेश छन्।

सडक सञ्जाल प्रभावित भएकाले बाढी प्रभावित समुदायसम्म हेलिकप्टरमार्फत राहत सामग्री पु¥याउने काम भइरहेको छ।

विपद्बाट प्रभावितहरूका लागि विद्यालयमा अस्थायी आश्रयस्थल बनाइएको छ। विभिन्न सहायता संस्थाहरूले पनि पीडितहरूलाई खाना तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्।

प्रभावित स्थानीयवासी सिर्जना साहले भनिन्, ‘हाम्रो आफ्नै घर हुँदा हामी राम्रोसँग खाना पकाएर खान सक्थ्यौँ। तर अहिले सडकमा बस्नुपरेको छ, त्यसैले त्यसरी खाना बनाउन सक्ने अवस्था छैन। मानिसहरूले खाना ल्याएर दिइरहेका छन्, त्यही खाइरहेका छौँ। यदि उनीहरूले खाना वितरण नगरेको भए हामी भोकै बस्नुपर्ने थियो। उहाँहरूले हामीलाई सहयोग गरिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु। सहयोग गर्नुभयो भने धेरै राम्रो हुन्छ।’

विपद्बाट प्रभावितहरूको सहयोगका लागि विश्वका विभिन्न भागबाट स्वयंसेवकहरू पनि नेपाल आएका छन्। चीनबाट आफ्नो टोलीसहित उपचारका लागि आएका डा।झाङ हाइजिङले ज्वरो, छालामा आउने समस्या तथा शरीर दुख्नेजस्ता सामान्य स्वास्थ्य समस्याबाट पीडित बाँचेकाहरूको उपचार गरिरहेका छन्।

डा।झाङले भने, ‘विपद्पछि छालासम्बन्धी समस्या निकै सामान्य हुन्छ। कहिलेकाहीँ पेट दुख्ने, माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण हुने, मोच आउने, चोटपटक लाग्ने, छालामा रगत बग्ने, घाउ हुनेलगायतका समस्या पनि देखिन्छन्।’

बाढी र पहिरोका कारण विस्थापित हजारौँ मानिस अस्थायी आश्रयस्थलमा नयाँ परिस्थितिसँग जुध्दै जीवन सामान्य बनाउने प्रयास गरिरहेका छन्।

कठिन परिस्थितिका बीच उनीहरूले आफू र आफ्ना आफन्तहरू सकुशल रहेकोमा केही राहत भने महसुस गरिरहेका छन्।(सीसीटीभीप्लस)

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार १२:४२
प्रतिक्रिया

थप समाचार

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

जनकपुरविरुद्ध बलिङमा पोखरा

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना