सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन राहत तथा विभिन्न सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत प्रभावित व्यक्ति तथा उद्योग–व्यवसायलाई राहत, कर तथा महसुललगायत अन्य सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै सरकारले तत्काल पुनःसञ्चालनका लागि आवश्यक सहयोग तथा सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो।