२०८३ कार्तिक १५ गते शनिवार

पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ : अध्यक्ष अग्रवाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
kamlesh agrawal

काठमाडौँः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई क्रमशः ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ रूपान्तरण गर्नुपर्ने बताएका हुन्।

उनले निजी क्षेत्रलाई उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्ने बताए।

अग्रवालले विगतमा दूरदर्शी नीतिको अभावका कारण नेपालको सेयर बजारमा सट्टेबाजी प्रवृत्तिले प्रश्रय पाएको बताए। विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको डबल आईएसआईएन व्यवस्थाले एउटै सेयरको मूल्यमा ठूलो अन्तर सिर्जना गरेको उनको भनाइ छ।

‘एउटै सेयर, प्रतिफल एउटै तर डबल प्राइसिङ हुँदा दुवैको मूल्यमा ५० प्रतिशतसम्म फरक देखियो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै वास्तविक बजार मूल्य निर्धारणमा अन्योल बढायो,’ उनले भने।

डबल आईएसआईएन हटाउने प्रयास विगतमा नेपाल राष्ट्र बैंकबाट भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामा पर्ने देखिएपछि कार्यान्वयन हुन नसकेको उनले बताए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको पुँजी बजारलाई ‘जुवाघर जस्तो बनाउनु हुँदैन’ भनेको प्रसंग उल्लेख गर्दै अग्रवालले एउटै सेयरलाई नीतिगत हस्तक्षेपका कारण वास्तविक प्रतिफलमा आधारित मूल्य र सट्टेबाजी मूल्यमा विभाजन गर्न नहुने बताए।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै आईएसआईएन नम्बरको व्यवस्था लागू गर्ने तयारी गरेकोप्रति उनले स्वागत गरे। यसबाट आगामी दिनमा स्वस्थ, पारदर्शी र वास्तविक मूल्यमा आधारित पुँजी बजार निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ छ।

कम्पनीको व्यवस्थापन क्षमता, दीर्घकालीन योजना तथा भविष्यमा प्राप्त हुन सक्ने प्रतिफलका आधारमा सेयरको मूल्य निर्धारण हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार ०३:००
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना