२०८३ भदौ ३० गते मङ्गलबार

मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
mutual fund

काठमाडौँ: मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्काशन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

कुल निष्काशन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छ। त्यस्तै, योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि २० लाख इकाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ।

फण्डका लागि असोज १ गतेदेखि आवेदन खुला हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज ६ गते तोकिएको छ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म म्याद थप गर्न सकिने व्यवस्था छ।

फण्डको बिक्री खुला अवधि तथा थप गरिएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिनेछ। न्यूनतम आवश्यक संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिनेछ।

‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो फण्डको अवधि १० वर्ष रहनेछ। यो बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसमेत मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित: २०८३ भदौ २२ गते सोमबार १०:३५
प्रतिक्रिया

थप समाचार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक...

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना