२०८३ कार्तिक १४ गते शुक्रबार

अर्थमन्त्रीको आश्वासनपछि बढ्यो सेयर बजार, सबै सूचक सकारात्मक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
nepse2

काठमाडौँः लगातार दुई दिन घटेको सेयर बजार शुक्रबार २७.९४ अंकले बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि सोमबारसम्म कार्ययोजना सार्वजनिक गर्ने आश्वासन दिएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

शुक्रबार बिहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सेयर बजार सुधारका लागि आवश्यक कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने बताएका थिए ।

त्यसपछि कारोबारमा आएको सकारात्मक प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.१० प्रतिशतले बढेर २ हजार ५५९ अंकमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बजारका सबै समूहगत सूचकमा पनि वृद्धि भएको छ । अर्थमन्त्रीको बजार सुधारसम्बन्धी घोषणाले लगानीकर्ताको मनोबल बढाएपछि समग्र बजार सकारात्मक बनेको देखिएको छ ।

 

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ०३:३८
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना