२०८३ कार्तिक १४ गते शुक्रबार

नर्भिक हस्पिटलले ४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
norvic

काठमाडौँः नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको छैटौं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि बुक बिल्डिङ विधिबाट निष्कासन गर्ने निर्णयसमेत साधारण सभाले गरेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसी व्यवसायबाट भएको आम्दानी बाहेक अस्पतालले २ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा कम्पनीले ४७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

नर्भिकको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा अस्पतालले ओपीडी सेवामार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो।

त्यस्तै, अस्पतालले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड र पपुवा न्युगिनियाका लागि आवश्यक इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा ४१ हजार सेवाग्राहीलाई उपलब्ध गराएको जनाएको छ।

नर्भिकले चुक्ता पुँजी वृद्धि गरी बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशतबराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणमा निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभाबाट अनुमोदन भएको छ। यससँगै लामो समयदेखि चर्चामा रहेको नर्भिकको आईपीओ निष्कासन योजनाले औपचारिक रूपमा सेयरधनीको अनुमोदन पाएको छ। अब कम्पनीले धितोपत्रसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दै योग्य संस्थागत लगानीकर्ताबाट मूल्यको आशय प्राप्त गर्नुपर्नेछ। त्यसपछि निर्धारण हुने कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ११:५७
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना