२०८३ भदौ ३० गते मङ्गलबार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
nrb2

काठमाडौँः नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने तयारी गरेको छ। केन्द्रीय बैंकले सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने गरी पाँचवर्षे ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ तयार गरेको हो।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक अवधारणालाई स्थान दिने लक्ष्य लिएको छ।

फिनटेक कम्पनीलाई बैंकसँग प्रतिस्पर्धा गर्ने वातावरण

रणनीतिको महत्वपूर्ण पक्ष फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु हो। त्यसका लागि राष्ट्र बैंकले फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने योजना अघि सारेको छ।

यसले डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा अन्य डिजिटल वित्तीय सेवा प्रदान गर्ने कम्पनीलाई थप व्यवस्थित रूपमा बजारमा आउन र प्रतिस्पर्धा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले फिनटेक क्षेत्रमा प्रतिस्पर्धा बढाउँदा उपभोक्ताले थप विकल्प, सहज सेवा र तुलनात्मक रूपमा कम लागतमा वित्तीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरेको छ।

सुरक्षित डिजिटल पूर्वाधारमा जोड

फिनटेक विस्तारसँगै डिजिटल वित्तीय प्रणालीमा जोखिम पनि बढ्न सक्ने भएकाले राष्ट्र बैंकले सुरक्षित र सुदृढ डिजिटल पूर्वाधार निर्माणलाई रणनीतिको प्रमुख प्राथमिकतामा राखेको छ।

रणनीतिमा पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक पारिस्थितिक प्रणाली विकास गरी तीन प्रमुख आधारस्तम्भ तय गरिएको छ।

नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तारसँगै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र डिजिटल वित्तीय प्रणालीलाई थप अन्तरआबद्ध बनाउने लक्ष्यसमेत रणनीतिमा राखिएको छ।

गाउँदेखि गिग अर्थतन्त्रसम्म लक्षित

राष्ट्र बैंकले फिनटेकको लाभ केवल शहर र प्रविधिमा पहुँच भएका वर्गमा सीमित नरहोस् भन्ने उद्देश्यले विभिन्न समूहलाई लक्षित गरेको छ।

रणनीतिमा लघु, साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई लक्षित समूहका रूपमा राखिएको छ।

डिजिटल वित्तीय साक्षरता पनि प्राथमिकतामा

डिजिटल सेवा विस्तारसँगै प्रयोगकर्तालाई सुरक्षित रूपमा सेवा प्रयोग गर्न सक्षम बनाउने विषयलाई पनि रणनीतिले समेटेको छ। राष्ट्र बैंकले डिजिटल वित्तीय साक्षरता बढाउने तथा प्रविधिमा आधारित वित्तीय सेवाको प्रयोगलाई सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य राखेको छ।

रणनीति कार्यान्वयन भएपछि सुरक्षित, समावेशी, नवीन तथा अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकको अपेक्षा छ।

यसरी नयाँ रणनीतिले फिनटेकलाई केवल डिजिटल भुक्तानीको माध्यमका रूपमा नभई नेपालको वित्तीय प्रणालीमा नवप्रवर्तन, प्रतिस्पर्धा र वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउने संकेत गरेको छ।

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०१:५२
प्रतिक्रिया

थप समाचार

अब एटीएमबाटै १०० का नोट पनि निकाल्न पाइने

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सटहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य सञ्चित नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक...

मर्जरले फेरिएको बैंकिङ क्षेत्र: आजका बैंकहरूको पछाडि दर्जनौं संस्थाको इतिहास

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई तुलनात्मक रूपमा बलियो, प्रतिस्पर्धी र ठूलो बनाउन मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरेपछि धेरै संस्था एक–अर्कामा गाभिए।

माछापुच्छ्रे बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँः माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको भदौ २६ गते बसेको ५६४औँ बैठकले साधारण...

मुक्तिनाथ विकासले एक्वाएर गर्न लागेको जानकी फाइनान्सको अवस्था नाजुक, खराब कर्जा ६१.५५ प्रतिशत

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरणअनुसार जानकी फाइनान्सको खराब कर्जा अनुपात सञ्चालनमा रहेका १४ वित्त कम्पनीमध्ये सबैभन्दा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना