२०८३ कार्तिक १४ गते शुक्रबार

फिनटेकलाई नयाँ बाटो खोल्दै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिमा नवप्रवर्तनदेखि प्रतिस्पर्धासम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
nrb2

काठमाडौँः नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने तयारी गरेको छ। केन्द्रीय बैंकले सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने गरी पाँचवर्षे ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ तयार गरेको हो।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको रणनीतिले परम्परागत बैंकिङ प्रणालीभन्दा बाहिर विकसित हुँदै गएको डिजिटल वित्तीय सेवामा नयाँ प्रविधि, नयाँ सेवा प्रदायक र नयाँ व्यवसायिक अवधारणालाई स्थान दिने लक्ष्य लिएको छ।

फिनटेक कम्पनीलाई बैंकसँग प्रतिस्पर्धा गर्ने वातावरण

रणनीतिको महत्वपूर्ण पक्ष फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु हो। त्यसका लागि राष्ट्र बैंकले फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने योजना अघि सारेको छ।

यसले डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा अन्य डिजिटल वित्तीय सेवा प्रदान गर्ने कम्पनीलाई थप व्यवस्थित रूपमा बजारमा आउन र प्रतिस्पर्धा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले फिनटेक क्षेत्रमा प्रतिस्पर्धा बढाउँदा उपभोक्ताले थप विकल्प, सहज सेवा र तुलनात्मक रूपमा कम लागतमा वित्तीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरेको छ।

सुरक्षित डिजिटल पूर्वाधारमा जोड

फिनटेक विस्तारसँगै डिजिटल वित्तीय प्रणालीमा जोखिम पनि बढ्न सक्ने भएकाले राष्ट्र बैंकले सुरक्षित र सुदृढ डिजिटल पूर्वाधार निर्माणलाई रणनीतिको प्रमुख प्राथमिकतामा राखेको छ।

रणनीतिमा पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक पारिस्थितिक प्रणाली विकास गरी तीन प्रमुख आधारस्तम्भ तय गरिएको छ।

नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तारसँगै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र डिजिटल वित्तीय प्रणालीलाई थप अन्तरआबद्ध बनाउने लक्ष्यसमेत रणनीतिमा राखिएको छ।

गाउँदेखि गिग अर्थतन्त्रसम्म लक्षित

राष्ट्र बैंकले फिनटेकको लाभ केवल शहर र प्रविधिमा पहुँच भएका वर्गमा सीमित नरहोस् भन्ने उद्देश्यले विभिन्न समूहलाई लक्षित गरेको छ।

रणनीतिमा लघु, साना तथा मझौला उद्यम, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई लक्षित समूहका रूपमा राखिएको छ।

डिजिटल वित्तीय साक्षरता पनि प्राथमिकतामा

डिजिटल सेवा विस्तारसँगै प्रयोगकर्तालाई सुरक्षित रूपमा सेवा प्रयोग गर्न सक्षम बनाउने विषयलाई पनि रणनीतिले समेटेको छ। राष्ट्र बैंकले डिजिटल वित्तीय साक्षरता बढाउने तथा प्रविधिमा आधारित वित्तीय सेवाको प्रयोगलाई सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य राखेको छ।

रणनीति कार्यान्वयन भएपछि सुरक्षित, समावेशी, नवीन तथा अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने राष्ट्र बैंकको अपेक्षा छ।

यसरी नयाँ रणनीतिले फिनटेकलाई केवल डिजिटल भुक्तानीको माध्यमका रूपमा नभई नेपालको वित्तीय प्रणालीमा नवप्रवर्तन, प्रतिस्पर्धा र वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउने संकेत गरेको छ।

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०१:५२
प्रतिक्रिया

थप समाचार

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सुदूरपश्चिममा बैंकको ऋण लगानी कैलाली र कञ्चनपुरमा केन्द्रीत, अन्य ७ जिल्लामा न्यून

काठमाडौँः सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त रहेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार प्रदेशमा बैंक तथा वित्तीय...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना