काठमाडौँः गरिमा विकास बैंक बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसनमा जानको लागि ढोका खोलेको छ । बैंकले असोज २६ गतेका लागि बोलाएको वार्षिक साधारण सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्नेछ ।
सो सभाले मर्ज तथा एक्विजिसन प्रस्ताव पारित गरेसँगै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर हुन चाहेमा प्रक्रिया अगाडि बढ्नेछ ।
यो साधारण सभाले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।


