२०८३ असोज ४ गते आईतबार

काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, २ हजार ६० रुपैयाँमा बेच्न निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
gas (9)

काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। पृथ्वी राजमार्गमा वैकल्पिक ट्रयाक खुलेर ग्यास बुलेटहरू सिधै काठमाडौँ आउन थालेपछि संघले ढुवानी भाडाबापत थपिएको रकम हटाउँदै पूर्ववत मूल्य कायम गरेको हो।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको भीषण बाढीले पृथ्वी राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको थियो। सडक अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका प्लान्टहरूबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत उपत्यकामा ग्यास ल्याइरहेका थिए।

लामो र वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी अधिकतम २,१६५ रुपैयाँ ३८ पैसामा बिक्री गर्न अनुरोध गरेको थियो।

तर हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आइसकेको र ग्यास बुलेटहरू सिधै उपत्यका भित्रिन थालेकाले वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेको संघले जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार असोज २ गते अर्थात आजदेखि लागू हुने गरी निगमले तोकेकै प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नहुने गरी ग्यास बिक्री वितरण गर्न तथा सोहीअनुसार आ–आफ्ना विक्रेताहरूलाई जानकारी गराउन सम्पूर्ण ग्यास उद्योगीहरूलाई आग्रह गरिएको छ।

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार ०९:५४
प्रतिक्रिया

थप समाचार

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं। थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनी सञ्चालक...

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

महेन्द्रनगर: कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ । बेदकोट...

शंकर ग्रुपलक्षित सरकारी प्रहार: सरकार आफैँले किन बिगारिरहेछ लगानीको वातावरण?

आत्मविश्वास गुम्दा उद्योगी व्यवसायीले मन खोलेर लगानी गर्न सकेका छैनन्। सरकारले एउटा व्यावसायिक घरानालाई लक्षित नै गरेर उसका उद्योगहरू सञ्चालन, रोजगारी, बैंकिङ प्रणाली र लगानी वातावरणमा नै...

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना