२०८३ असोज ४ गते आईतबार

भारत, चीन, अमेरिकासहित १३ देशका राजदूत सिफारिस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
balen-new_e585fe85

काठमाडौँ: सरकारले भारत, चीन, अमेरिकासहित विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए।

भारतका लागि निश्चलनाथ पाण्डे र चीनका लागि कल्याणराज शर्मा राजदूत सिफारिस भएका छन्। त्यस्तै, अमेरिकाका लागि चिरनजंग थापा तथा संयुक्त अधिराज्य (यूके) का लागि गौरव शमशेर जंगबहादुर राणालाई राजदूत सिफारिस गरिएको छ।

जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरू जोशी सिफारिस भएका छन्।

त्यस्तै, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेललगायत १३ देशका लागि सरकारले राजदूत सिफारिस गरेको हो।

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार ०४:३०
प्रतिक्रिया

थप समाचार

भारतको मात्रै झण्डा राखिएकोमा रास्वपा: झण्डाभन्दा अर्थमन्त्रीको भ्रमण उपलब्धि हो

उनले भने, ‘झण्डाको विषय सामान्य हो। भारतको अर्थमन्त्रीज्यूको कार्यकक्षमा भेट भएकाले त्यहाँ नेपालको झन्डा नराखिएको हो। द्विपक्षीय भेटघाट बाहिर अर्को कोठामा थियो। भारतका वित्तमन्त्रीको आफ्नै...

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका कस्तो छ?

संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ। विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आगामी महासभाको...

२ महिनामा सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब बढी

काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९...

नेतृत्व हस्तान्तरणको परम्परा र देउवाको पदमोह

भर्खरै शेरबहादुर देउवाले एउटा वक्तव्यमा भनेका छन्—‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन, तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका...

सरकारको दाबी: चिनी अभाव छैन, उपत्यकामा १००० बढी ठाउँमा प्रतिकिलो ११० रुपैयाँमै पाउँछ

काठमाडौँ: चिनी अभाव र मूल्यवृद्धिका विषयमा सर्वसाधारणले गरेको गुनासो र सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको खण्डन गर्दै सरकारले चिनी अभाव नभएको दाबी गरेको छ। बाढीपहिरो, सडक अवरोध तथा भारतले...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना