२०८३ असोज ४ गते आईतबार

२ महिनामा सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १
mahalekha

काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँबराबर छ। जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख खर्च भएको हो।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँबजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको एक दशमलव ७८ प्रतिशत अर्थात् सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको कार्यालयको तथ्यांकबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँविनियोजन भएकोमा भदौ मसान्तसम्ममा रु ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो।

यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ। भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब नौ अर्ब ७२ करोड रुपैयाँले बढी रहेको छ। कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल  १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २ढ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब ७७ अर्ब रुपैयाँ उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँउठेको छ। चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् पाँच अर्ब ५३ करोड रुपैयाँ बराबर भित्रिएको कार्यालयले जनाएको छ।

प्रकाशित: २०८३ असोज १ गते बिहिबार १२:३८
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री डा. वाग्लेको दिल्ली भ्रमण: नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत

काठमाडौँः भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि नेपालले भारतसँग सहयोग मागेको छ। तर, भारतले तत्काल निश्चित रकम घोषणा नगरी नेपालले तयार गर्ने विस्तृत आवश्यकता मूल्यांकन र पुनर्निर्माण योजनाका...

भदौमा ५ अर्ब ९ करोडको बिजुली भारत निर्यात

दुवै माध्यमबाट गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट बिजुली निर्यात भएको छ। यसको कुल कारोबार रकम ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, कर्जा माग सुस्त, महँगीको दबाब कायमै

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार बाह्य क्षेत्रका प्रमुख सूचकहरू मजबुत बनेका छन्। तर, बैंकिङ प्रणालीमा रहेको तरलता उत्पादनशील...

भारतमा आर्थिक तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफलमा अर्थमन्त्री वाग्ले

एजेन्सी: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन्। उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन्। यसैबीच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी...

आईपीओ निष्काशनमा कडाइ गरिँदै, कम्पनीले के–के पक्रिया पूरा गर्नुपर्छ?

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा जाने कम्पनीका लागि वित्तीय अवस्था मात्रै नभई संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनसमेत कडाइका साथ परीक्षण...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना