२०८३ कार्तिक ११ गते मङ्गलबार

राप्ती हाइड्रोले मागेको भन्दा ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न आयोगको अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १२
erc_office

काठमाडौं। विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई माग गरेकोभन्दा झन्डै ४६ प्रतिशत कम अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेकोमा आयोगले १ः०.२५१४ अनुपातमा मात्र स्वीकृति दिएको हो। यससँगै कम्पनीले माग गरेको हकप्रद निष्काशन अनुपातमा ०.२१४७ बिन्दुले कमी भएको छ।

स्वीकृत अनुपातअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। यसबाट कम्पनीले ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ पूँजी जुटाउनेछ।

कम्पनीको प्रस्तावित अनुपातअनुसार हकप्रद निष्काशन भएको भए करिब ५७ लाख १३ हजार कित्ता शेयर निष्काशन हुने थियो। त्यसको तुलनामा आयोगबाट स्वीकृत शेयर संख्या करिब २६ लाख ३२ हजार कित्ता कम हो।

गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा कम्पनीले अनुमति मागेकोमा आयोगले असोज ८ गते संशोधित अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुनेछ। यद्यपि, हकप्रदबाट उठाइएको रकम कुन परियोजना वा प्रयोजनमा प्रयोग गरिने भन्ने विवरणका आधारमा यसको वित्तीय प्रभाव थप स्पष्ट हुनेछ।

 

प्रकाशित: २०८३ असोज १२ गते सोमबार १२:३०
प्रतिक्रिया

थप समाचार

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना