२०८३ असोज १८ गते आईतबार

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’, ६ कृति लोकार्पण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
WhatsApp Image 2026-09-29 at 18.01.42

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको थियो।

बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिको अवसरमा विशेष सम्मान र स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सुरुवातमा जनकवि श्रेष्ठप्रति ‘अक्षरदीप प्रज्वलन, पुष्पार्पण’ र मौनधारण आयोजना गरिएको थियो। कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको वृत्तचित्र ‘अक्षरयात्रा: दशक आठ’ प्रस्तुत गरिएको थियो।

त्यसैगरी ‘६ नवकृतिः अक्षरका छ नयाँ दीप’ अन्तर्गत श्रव्यदृश्य अनावरण तथा समीक्षा, जनकवि दुर्गालाल श्रेष्ठको कविता वाचन तथा कविता प्रस्तुति पनि गरिएको थियो। कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरियो।

कार्यक्रममा कवि बसन्त चौधरीद्वारा अक्षराञ्जली समर्पण स्मृति कथन तथा रुबाई प्रतुति गरिएको थियो।

को हुन् जनकवि दुर्गालाल श्रेष्ठ ?
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार।
यो जनकवि दुर्गालाल श्रेष्ठको सर्वाधिक लोकप्रिय गीत हो। यो सँगै श्रेष्ठका नेपाल भाषा र नेपाली भाषाका थुप्रै कविता तथा गीतहरू छन्।

स्वर्गीय कवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा परिषद्बाट सन् २००३ मा जनकविको उपाधि पाउनुभएको थियो। यस्तै मदन पुरस्कार गुठीबाट २०६७ मा जगदम्बाश्री सम्मान समेत पाएका थिए। यीबाहेक उहाँले दजनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए।

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको जन्म विं सं. १९९२ सालमा काठमाडौंमा भएको थियो। आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठका सुपुत्र दुर्गालाल श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए। उनले सन् १९४९ मा आफ्नो लेखनयात्रा सुरु गरेका थिए। उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो।

उनका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने आज उनका ६ वटा कृति लोकार्पण गरिएको छ।

उनको गत साउन ३१ गते आइतबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा स्वर्गारोहण भएको थियो।

प्रकाशित: २०८३ असोज १३ गते मङ्गलबार ०६:४५
प्रतिक्रिया

थप समाचार

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

बाँसुरीको धुनमा सुनाइयो दुई दर्जन कविता

मञ्चको छेउमा मधुरो बाँसुरीको धुन बजाइरहेका थिए पूर्ण सुनुवार। यता मञ्चको बीचमा भने कविता वाचन गरिरहेका थिए आठजना कविहरू। यो सांगीतिक एवं काव्यिक माहोलको अनुपम दृश्य युकेको एल्डरसटमा शनिबार...

 जितेन्द्र मल्लको गजलसङ्ग्रह ‘शाजिक’  सार्वजनिक

क्यानबेरा, अस्ट्रेलिया: अस्ट्रेलियमा हरेक वर्ष आयोजना हुँदै आएको ‘गजल मुशायरा'को यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। नेपाली गजलका सर्जक, गजलप्रेमी, संगीतकर्मी तथा साहित्य–संगीतप्रेमीहरूको...

‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक

काठमाडौँ: सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ। ‘कथा डबली–१’...

पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र आचार्यलाई गौरव

काठमाडौँ: २०८२ मा प्रकाशित पुस्तकहरूबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई दिने निर्णय भएको छ। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले कवि, गीतकार तथा उपन्यासकार...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना