२०८३ असोज २३ गते शुक्रबार

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

 |  कल्याण पौडेल
Sanket

कल्याण पौडेल

काठमाडौँ, असोज २३
kalyan

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ।

तर, एक्काइसौं शताब्दीको दोस्रो दशकको अन्त्यतिर आइपुग्दा प्रविधिले मान्छेको जीवनलाई जुन गतिमा छोएको छ, त्यो विगतका कुनै पनि भविष्यवाणी वा परिकल्पनाभन्दा कैयौं गुणा तीव्र छ।

आज नेपाली समाजमा प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) केवल एउटा सुविधाको साधन मात्र नरहेर सांस्कृतिक अभ्यास, चाडपर्व, सामाजिक संस्कार र मानवीय मूल्य र मान्यताकोसमेत अभिन्न अंग बन्न पुगेको छ। यसले नेपाली समाजलाई एउटा नयाँ र जटिल मोडमा उभ्याएको छ।

१.परम्परागत मूल्य र मान्यता र एआईको प्रवेश

नेपाली समाज परापूर्वकालदेखि नै सामुदायिक भावना, प्रत्यक्ष अन्तरक्रिया, मौखिक परम्परा र सामूहिक संस्कारमा आधारित रहँदै आएको छ। हाम्रा चाडपर्वहरू—दशैं, तिहार, छठ वा ल्होसार—पारिवारिक भेटघाट, भावनात्मक साटासाट र भौतिक उपस्थितिका पर्याय थिए। तर, वर्तमान पुस्ताको जीवनशैलीमा एआईको प्रवेशले यी परम्परागत मान्यताहरूमा गहिरो फेरबदल ल्याएको छ।

आज नयाँ पुस्ताले चाडपर्वका शुभकामना आदानप्रदान गर्न, पञ्चांग हेर्न, पूजाका विधिहरू जान्न र तिख्खर कविता वा सन्देशहरू तयार पार्न एआईको सहयोग लिन थालेको छ।

यहाँसम्म कि सामाजिक सञ्जालमा देखिने संस्कारजन्य प्रस्तुतिहरू पनि एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्देशित हुन थालेका छन्। प्रविधिको यो अति समीपताले एकातिर कामलाई छिटो र प्रभावकारी बनाएको छ भने अर्काेतिर मानवीय संवेदनशीलतालाई ‘डिजिटल कोड’ मा रूपान्तरण गरिदिएको छ।

२. नयाँ पुस्ताको मानसिकता र प्रविधिको परनिर्भरता

नेपाली समाजको नयाँ पुस्ता जेनजी मिलिनियस पूर्ण रूपमा डिजिटल युगमा हुर्किएको पुस्ता हो। उनीहरूको सोच, बुझाइ र दृष्टिकोणलाई प्रविधिले आकार दिएको छ। स्थिति यस्तो भइसकेको छ कि अब मानिसहरू आफ्नो भविष्य, व्यक्तिगत सम्बन्ध, करियर र यहाँसम्म कि सामाजिक व्यवहारका निर्णयहरू लिनसमेत एआईको सहारा लिन बाध्य हुँदैछन्।

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो ‘एल्गोरिमिक साक्षरता’ को विकास हो। समाजका परम्परागत गुरु, आमाबाबु वा अग्रजहरूको स्थान बिस्तारै ‘च्याटबट’ र डिजिटल एजेन्टहरूले लिन थालेका छन्।

जब, युवाहरू आफ्ना व्यक्तिगत समस्या र सांस्कृतिक द्विविधाको समाधान मानिसको साटो मेसिनमा खोज्न थाल्छन। तब समाजमा एक किसिमको अटोमेटेड एलियनेशन (प्रविधिजन्य परायापन) पैदा हुन्छ। मानिसहरू भौतिक रूपमा सँगै भए पनि मानसिक रूपमा डिजिटल संसारमा विचरन गरिरहेका हुन्छन्।

३.सांस्कृतिक समरूपता र मौलिकताको संकट

वैश्वीकरण र प्रविधिको अनियन्त्रित विकासले सांस्कृतिक बहुलतालाई खतरामा पारेको छ। एआई प्रणालीहरू मुख्यतया पश्चिमी वा विकसित देशका डेटामा आधारित भएर प्रशिक्षित हुन्छन्।

जब, नेपाली युवाहरूले आफ्ना सांस्कृतिक चाडपर्व, मूल्य मान्यता र जीवनशैलीका बारेमा एआईसँग परामर्श गर्छन् तब उनीहरूले पाउने उत्तरहरूमा कतिपय अवस्थामा पश्चिमी वा बाह्य सांस्कृतिक प्रभाव झल्कने गर्दछ।

यसले गर्दा नेपाली समाजको मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा बढेको छ। हाम्रा लोककथाहरू, सामाजिक आचारसंहिताहरू र पारस्परिक सहयोगका भावनाहरू जुन पुस्तान्तरणका माध्यमबाट जीवन्त थिए।

ती अब डिजिटलाइज्ड हुँदा आफ्नो आत्मीयता गुमाउँदै गएका छन्। संस्कारहरू जीवन्त अनुभूतिभन्दा पनि बाहिरी प्रदर्शनमा सीमित हुन थालेका छन्।
निष्कर्ष र आगामी भविष्यको बाटो

नेपाली समाज अहिले एउटा ऐतिहासिक दोबाटोमा उभिएको छ। प्रविधिको यो विकासलाई रोक्न सकिंदैन र रोक्नु पनि पर्दैन। किनकी यसले अवसरका नयाँ ढोकाहरू खोलेको छ।

तर, चिन्ताको विषय के हो भने हामीले प्रविधिलाई साधनको रूपमा प्रयोग गर्ने वा प्रविधिले हामीलाई सञ्चालन गर्ने भन्ने रेखा धमिलिंदै गएको छ।

(पौडेल समाजशास्त्रका अध्यता हुन्।)

प्रकाशित: २०८३ असोज २३ गते शुक्रबार ०१:४०
प्रतिक्रिया

थप समाचार

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...

लोकतन्त्रको कसी: संयम, विधिको शासन र निष्पक्षता

लोकतन्त्र पोखरीमा जमेको स्थिर पानी होइन, यो त निरन्तर बगिरहने जीवित नदी हो। यसको प्रकृति नै चलायमान हुनु हो। जहाँ समयसँगै असन्तुष्टि, आलोचना, समर्थन, परिवर्तन र पुनः मूल्याङ्कनहरू मिसिँदै...

शक्ति कसको हातमा? राजनीतिक शक्ति संरचनाको मानवशास्त्रीय अध्ययन

नेपालको लोकतान्त्रिक भविष्य केवल संस्थागत सुधारमा मात्र निर्भर रहने छैन। समाजभित्र समान अवसर, सामाजिक विश्वास, सामुदायिक सहकार्य र उत्तरदायी नेतृत्वको विकास पनि त्यत्तिकै आवश्यक हुन्छ।...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
rameshwor shah
उद्योग

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना