२०८३ असोज २८ गते बुधबार

यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २८
photo_2e34a5dd

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरहीन खाना खुवाउने र बढी मूल्य लिने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यसबारे सचेत गराएको हो।

विभागका अनुसार यात्रुका लागि खाजा, नास्ता र खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका खानेकुरा तथा न्यून गुणस्तरको खाना दिने र अत्यधिक मूल्य लिने गरेको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको हो।

विभागले सार्वजनिक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्र यात्रुलाई खाजा, नास्ता र खानाका लागि रोक्न आग्रह गरेको छ।

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन पनि भनिएको छ।

खानाको गुणस्तरका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ। यस विषयमा सम्बन्धित निकायले सूक्ष्म निगरानी गरिरहेको पनि विभागले उल्लेख गरेको छ।

त्यस्तै, होटल तथा रेस्टुरेन्टमा खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएमा यात्रुलाई नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गर्न विभागले आग्रह गरेको छ।

यात्रुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसअन्तर्गतका नजिकका कार्यालयमा समेत उजुरी तथा जानकारी दिन सक्ने विभागले जनाएको छ।

प्रकाशित: २०८३ असोज २८ गते बुधबार ०८:४५
प्रतिक्रिया

थप समाचार

इन्डोनेसियाली राजदूत लिस्ट्योवतीले राष्ट्रपतिलाई पेस गरिन ओहोदाको प्रमाणपत्र

काठमाडौं। नेपालका लागि इन्डोनेसियाली राजदूत लिस्ट्योवतीले ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्। बुधबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको...

खुला संसार चिहाउने बन्द कोठाको झ्याल [समीक्षा]

पूरा आकाशको फेद अट्नेगरी सेल्फी खिचेजस्तो सजिलो छैन जीवन यहाँ यहाँ बालुवामा हड्डी बिछ्याएर खुसी खोज्नुपर्छ आफ्ना शरीरका छाला च्यातेर आफ्नो सपना आफैँ रोज्नुपर्छ अँध्यारोमा चोबेर आँखाहरू आफ्नो...

दशैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा: नेपालीहरूको महान् चाड बडादशैँ नजिकिँदै गर्दा यहाँका किसान भने धानलगायतका बालीनाली भित्र्याउन व्यस्त रहेका छन्। नेपालको मुख्य बाली धान भित्र्याउने समयमै यसपटक दशैँ सुरु भएपछि...

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ: ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ। प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ। चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको...

नदीजन्य पदार्थको राजस्व चुहावट गर्नेलाई जनप्रतिनिधिकै संरक्षण

नदीजन्य पदार्थको व्यवस्थापन र नियमन गर्ने जिम्मेवारी पाएका स्थानीय तहका जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुँदा व्यवसायीको मनोमानी हावी भएको छ।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना