२०८३ असोज ३० गते शुक्रबार

एनआरएनए अमेरिकाको क्षेत्रीय सम्मेलनः नेपालमा १० करोड डलर लगानीको एजेन्डा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
Capture

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा १० करोड अमेरिकी डलरबराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ। सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा ‘कनेक्टिङ फर प्रस्पेरिटी’ नारासहित सम्मेलन आयोजना हुन लागेको हो।

एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेलका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ। लगानीसँगै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, वंशजको नागरिकतासम्बन्धी सरोकार, कृषि, जलविद्युत्, दोस्रो पुस्ताको सहभागिता र ज्ञान हस्तान्तरण सम्मेलनका प्रमुख एजेन्डा रहनेछन्।

सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको खरेलले बताएका छन्। सरकारका प्रतिनिधि र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गराई लगानीका सम्भावना, नागरिकतासम्बन्धी समस्या र नीतिगत सुधारका विषयमा छलफल गर्ने तयारी छ।

नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीले भोगिरहेका नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानी सुरक्षाका विषयलाई समेत सम्मेलनमा उठाइने भएको छ। विदेशमा आर्जित पुँजीलाई उत्पादनमूलक उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा परिचालन गर्न सामूहिक लगानी तथा सम्भावित परियोजनाबारे छलफल गरिने खरेलले बताएका छन्।

कृषि क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तारलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ। खरेलका अनुसार गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा करिब एक हजार रोपनी क्षेत्रफलमा कफी खेती सुरु गरिएको छ। उक्त परियोजनालाई पाँच हजार रोपनीमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने, उत्पादन र गुणस्तर बढाउने, प्रशोधन तथा ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने सम्भावनाबारे सम्मेलनमा छलफल हुने अपेक्षा गरिएको छ। कृषि क्षेत्रमा प्रवासी नेपालीको पुँजी, प्रविधि र बजारसम्बन्धी अनुभव परिचालन गरी उत्पादन वृद्धि तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषय पनि प्राथमिकतामा रहनेछ।

त्यसैगरी, जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तार तथा आयोजनाको विकासका विषयमा छलफल गरिनेछ। ऊर्जा उत्पादन, वित्तीय व्यवस्थापन, प्रसारण पूर्वाधार र विद्युत् बजारसँग सम्बन्धित चुनौतीलाई सम्बोधन गर्दै थप लगानीका अवसर पहिचान गर्ने सम्मेलनको उद्देश्य छ।

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र वंशजको नागरिकतासम्बन्धी सरोकारलाई नीतिगत तहसम्म पुर्याउने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ। विदेशमा रहेका नेपालीले नागरिकतासम्बन्धी अधिकार व्यवहारमा उपयोग गर्दा भोग्ने प्रशासनिक तथा कानुनी समस्याबारे सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारी छ।

विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने र एनआरएनएका गतिविधिमा उनीहरूको सहभागिता बढाउने विषयलाई पनि महत्त्व दिइनेछ। विदेशमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने विषयमा समेत छलफल हुनेछ।

सम्मेलन व्यवस्थापन खर्च कटाएर बाँकी रहने रकम एनआरएनए क्यानडाको नेपाली घर परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ। प्रस्ताव कार्यान्वयन भए क्यानडामा नेपाली समुदायको साझा भेटघाट, सांस्कृतिक गतिविधि र सामुदायिक पहिचान प्रवद्र्धन गर्ने पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

क्षेत्रीय संयोजक खरेलले सम्मेलन सफल बनाउन क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका एनआरएनए अभियन्ता तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेका छन्।

उनका अनुसार सम्मेलनलाई औपचारिक भेटघाटमा सीमित नराखी प्रवासी नेपालीको सामूहिक पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्ने ठोस आधार निर्माण गर्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार १०:४८
प्रतिक्रिया

थप समाचार

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

एनआरएन इन्फ्रास्ट्रक्चरले ३ कम्पनीमा १ अर्ब ३० करोड लगानी गर्दै, जलविद्युतमा मात्रै १ अर्ब २० करोड

कम्पनीले दुई जलविद्युत आयोजना र एक केबल उद्योगमा गरि कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको हो।

बाजुराको बडीमालिकामा कोदोको बिस्कुट उद्योग खुल्यो, परीक्षण उत्पादन सुरु

बाजुरा। बाजुराको बडीमालिका नगरपालिकामा कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु गरिएको छ। लामो समयको अथक प्रयासपछि नगरपालिकाको अगुवाइमा परीक्षण उत्पादन सुरु गरिएको हो। स्थानीय उत्पादनको...

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
hbl
बैंकिङ

वित्तीय अवस्था कमजोर बन्दै गएपछि हिमालयन बैंकमा सीईओ फेर्न कसरत, नयाँको खोजी हुँदै!

पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल बैंकको अध्यक्ष बनेर आएपछि बैंकको सीईओ फेरबदल गर्ने विषयमा घनिभूत छलफल अघि बढेको छ। बैंकको वित्तीय अवस्था सुधार गर्न नयाँ सीईओ र नायब प्रमुख कार्यकारी अधिकृत...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना