२०८३ कार्तिक ७ गते शुक्रबार

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
france

काठमाडौँ: बढ्दो महँगी, विद्यालयमा शिक्षकको अभाव र कमजोर सार्वजनिक सेवाको विरोधमा फ्रान्सभर भएका प्रदर्शन शनिबार हिंसात्मक बनेका छन्। देशभर करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्। प्रहरीले कम्तीमा १ हजार २०० जनालाई पक्राउ गरेको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा भएको हिंसालाई ‘हिंसाको तीव्र वृद्धि’ भन्दै सरकारले त्यसबाट पछि नहट्ने बताएका छन्। उनका अनुसार झडपमा १५० भन्दा बढी प्रहरी घाइते भएका छन्।

राजधानी पेरिससहित लियोँ, लिमोज, मार्से, रेन्नेस, टुलुज र अन्य सहरमा हिंसात्मक घटना भएका छन्। पेरिसमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। केही प्रदर्शनकारीले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाएका थिए। पसल तथा व्यापारिक प्रतिष्ठानमा तोडफोड र लुटपाटसमेत भएको थियो।

लिमोज सहरको नगर भवनमा आगलागी हुँदा भवनको छानाको केही भाग भत्किएको छ। लियोँमा सहरको पर्यटकीय कार्यालयमा आगजनी गरिएको छ भने मार्सेको नगर भवनमा प्रवेश गरेर तोडफोड गरिएको छ। लिल सहरस्थित एप्पलको पसलसमेत तोडफोड गरी सामान लुटिएको जनाइएको छ।

पेरिसमा दिउँसो सुरु भएको मुख्य जुलुस अधिकांश समय शान्तिपूर्ण रहे पनि साँझ पर्दै जाँदा केही समूह हिंसात्मक गतिविधिमा संलग्न भएका थिए। प्रदर्शनकारीमध्ये धेरैले महँगी, प्रहरीको व्यवहार, राष्ट्रपति इम्यानुएल म्याक्रोंको नेतृत्व र आर्थिक असमानताविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले इन्धनको बढ्दो मूल्य, जीवनयापनको महँगो खर्च तथा माध्यमिक विद्यालयमा शिक्षकको अभाव र जीर्ण भौतिक संरचनाप्रति असन्तुष्टि जनाएका छन्। पछिल्ला केही सातादेखि विद्यालयका विद्यार्थीले सुरु गरेको प्रदर्शनमा शनिबार ट्रेड युनियन र अन्य विरोध समूहसमेत सहभागी भएका थिए।

सन् २०१८ देखि महँगी र इन्धनको मूल्यवृद्धिविरुद्ध आन्दोलन गर्दै आएको ‘यल्लो भेस्ट’ अर्थात् पहेँलो ज्याकेट आन्दोलनसँग आबद्ध समूह पनि प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएको फ्रान्सको आन्तरिक मन्त्रालयले जनाएको छ। ट्रेड युनियन सीजीटीले भने सहभागीको संख्या ८ लाख पुगेको अनुमान गरेको छ।

प्रदर्शन नियन्त्रण गर्न फ्रान्सभर ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। तीमध्ये ६ हजार पेरिसमा खटिएका थिए।

राष्ट्रपतीय निर्वाचनअघि राजनीतिक तनाव

फ्रान्समा आगामी सन् २०२७ को राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा बढ्दो आर्थिक दबाब र राजनीतिक अस्थिरताका बीच प्रदर्शन चर्किएको हो। राष्ट्रपति म्याक्रोंले अर्को वर्ष पद छाड्ने तयारी गरिरहेका बेला देशको राजनीतिक वातावरण थप ध्रुवीकृत बन्दै गएको छ।

प्रधानमन्त्री लेकोर्नुले केही समूहले आगामी निर्वाचनलाई लक्षित गरी प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लगाएका छन्। ‘हिंसाका माध्यमबाट कसैले पनि आफ्नो राजनीतिक एजेन्डा लाद्न पाउने छैन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

राष्ट्रपति म्याक्रोंले सार्वजनिक भवन र व्यापारिक प्रतिष्ठानमा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्। उनले शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने नागरिकको अधिकारको रक्षा गर्दै हिंसा फैलाउनेहरूविरुद्ध एकजुट हुनुपर्ने उल्लेख गरेका छन्।

वामपन्थी नेता जाँ–लुक मेलाँसँले प्रदर्शनमा सहभागी हुँदै प्रहरीमाथि प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि, उनले लुटपाट र आगजनीको निन्दा गरेका छन्। प्रधानमन्त्री लेकोर्नुले भने मेलाँसँको अभिव्यक्तिलाई ‘खतरनाक र अवसरवादी’ भन्दै आलोचना गरेका छन्। दक्षिणपन्थी नेता मरिन ले पेनले पनि प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएकी छन्।

प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगलाई लिएर पनि प्रश्न उठेको छ। प्रहरीसँगको झडपमा एक युवकको हात ग्रिनेड विस्फोटबाट क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन्। घटनाबारे प्रहरीको निगरानी निकायले अनुसन्धान गरिरहेको छ।

सरकारले विद्यालयमा शिक्षक अभाव कम गर्न थप ३ हजार अस्थायी शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि प्रदर्शन रोकिएको छैन। महँगी, सार्वजनिक सेवाको अवस्था र आर्थिक असमानताप्रतिको असन्तुष्टि सडकमा पोखिँदै जाँदा फ्रान्सको राजनीतिक नेतृत्वमाथि दबाब थपिएको छ।

प्रकाशित: २०८३ कार्तिक २ गते आईतबार ११:४७
प्रतिक्रिया

थप समाचार

चीनमा भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए, उद्धार टोली सक्रिय

एजेन्सी: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको...

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

चीनमा विवाह गर्न अलग्गै गन्तव्य, आकर्षित हुँदैछन् जोडीहरू

एजेन्सी: चीनमा अक्टोबर महिनालाई विवाहको मौसम मानिन्छ। विशेषगरी दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित लिजियाङको युलोङ स्नो माउन्टेन (जेड ड्रागन स्नो माउन्टेन) क्षेत्रमा यस समयमा विवाह गर्ने...

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार

एजेन्सी। दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको छ। ग्वाङ्दोङ प्रान्तस्थित वेङयुआन काउन्टीमा करिब २ हजार ४ सय हेक्टर क्षेत्रफलमा अर्किड फूलको खेती गरिन्छ। उक्त क्षेत्रबाट चीनमा...

२०२७ मा कच्चा तेलको माग दैनिक २६ लाख ब्यारेल बढ्ने प्रक्षेपण

२०२६ मा प्रतिदिन १० करोड ५७ लाख ब्यारेल रहेको औसत विश्व तेलको माग अर्को वर्ष बढेर १० करोड ८३ लाख ब्यारेल पुग्ने ओपेकको प्रक्षेपण रहेको छ।
batu
विचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
sebon_office
शेयर बजार

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
hemraj_dhakal
कर्पोरेट

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना