२०८३ कार्तिक १२ गते बुधबार

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
nepse

काठमाडौँः सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न थालेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३३ अंकभन्दा बढीले उकालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य उतारचढावमा सीमित रहेको बजार बुधबार भने उल्लेख्य रूपमा बढेको हो।

बुधबार नेप्से सूचक ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ। सूचकसँगै बजारको कारोबार रकम पनि उल्लेख्य बढेको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बढ्दो बजारमा जलविद्युत कम्पनी अगाडि

बुधबारको बजारमा हाइड्रोपावर कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बेनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्य १०.५ प्रतिशतभन्दा बढी बढेको छ। सुपर खुदी हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। घट्ने कम्पनीको सेयरमूल्यमा भने ३ प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट पछिल्लो समय बजारमा विस्तारै सकारात्मक गति देखिन थालेको बताउँछन्। उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको मार्जिन कर्जाको रकम सेयर बजारमा आउन थालेपछि कारोबार बढेको हो।

‘बैंकले आफैँले सेयर किन्नेभन्दा पनि मार्जिन लेन्डिङअन्तर्गत प्रवाह गरेको पैसा व्यापक रूपमा बजारमा आइरहेको छ,’ रानाभाटले नेपाल क्लिक्ससँग भने।

उनका अनुसार बजार केही बढ्न थालेपछि पुराना लगानीकर्ताको पोर्टफोलियोको मूल्य बढ्छ। त्यसले उनीहरूको थप मार्जिन कर्जा लिन सक्ने क्षमता बढाउँछ। बजारमा नाफाको सम्भावना देखिएपछि नयाँ लगानीकर्ता पनि प्रवेश गर्ने भएकाले कारोबार र बजारको गतिविधि थप बढ्न सक्ने उनको भनाइ छ।

नीतिगत स्थिरता भए लगानी बढ्ने अपेक्षा

रानाभाटका अनुसार बजारलाई दिगो रूपमा अघि बढाउन भने पूर्वाधारसँगै नीतिगत स्थिरता महत्वपूर्ण हुन्छ। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पटक–पटक नीति तथा नियम परिवर्तन गर्ने प्रवृत्ति रोक्न सके लगानीकर्ताको विश्वास बढ्ने उनको भनाइ छ।

‘नियामक निकायले नीति तथा नियममा बारम्बार परिवर्तन गर्ने प्रवृत्ति रोक्न सके लगानीकर्ताहरू आत्मविश्वासका साथ ठूलो लगानी लिएर बजारमा आउन सक्छन्,’ उनले भने।

पछिल्लो समय कारोबार रकम ७ अर्ब नाघ्नु र सूचकमा सुधार देखिनुले शेयर बजारमा लगानीकर्ताको सहभागिता विस्तारै बढ्दै गएको संकेत गरेको छ। यद्यपि, बजारको आगामी दिशा कारोबारको निरन्तरता, तरलता र नीतिगत वातावरणमा निर्भर रहने देखिन्छ।

प्रकाशित: २०८३ कार्तिक १२ गते बुधबार ०४:२०
प्रतिक्रिया

थप समाचार

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना