हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा बैंकका शेयर सदस्य, ग्राहक, शुभचिन्तक तथा कर्मचारीको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सबैप्रति बैंकले आभार व्यक्त गरेको छ।
बैंकको हेटौँडा शाखाका प्रबन्धक बिनेश कार्कीले बैंकिङ सेवासँगै सामाजिक सेवामा पनि बैंक प्रतिबद्ध रहेको बताएका छन्।


