२०८३ कार्तिक २२ गते शनिवार

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २२
nea_foto

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।

मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताएका छन्। आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उनको भनाइ छ।

तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष तयारी गरेको छ। पर्वका समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

पर्व अवधिको विद्युत् आपूर्ति व्यवस्थापनबारे कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो। बैठकमा विद्युत् प्रणाली सञ्चालन, आपूर्ति व्यवस्थापन र सम्भावित प्राविधिक चुनौती समाधानका विषयमा छलफल भएको थियो।

त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आपूर्ति व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालयलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिएका छन्। प्रसारण लाइन तथा वितरण प्रणालीमा बाँकी रहेका निरीक्षण र मर्मतसम्भारका काम तत्काल सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन्।

विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिनेछ। त्यस्तै, विद्युत् सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा आउने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउने व्यवस्था मिलाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।

पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे एलडीसी, ग्रिड सञ्चालन विभाग तथा वितरण केन्द्रबीच निरन्तर समन्वय र अनुगमन गरिने प्राधिकरणले जनाएको छ। यसैबीच, प्राधिकरणले तिहार तथा छठका अवसरमा विद्युतीय उपकरण र तार सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।

गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैं मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी समस्या आए नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित: २०८३ कार्तिक २२ गते शनिवार ०१:१७
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना