२०८३ मङ्सिर ११ गते शुक्रबार

मोदीलाई नेपाल भ्रमणको निम्तो, भारतीय लगानीका लागि नेपाल खुला रहेको प्रधानमन्त्री शाहको सन्देश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ७
balen

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमार्फत नेपाल भ्रमणको निम्तो दिएका हुन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपालमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै भारतीय उद्योगी तथा लगानीकर्तालाई लगानीका लागि स्वागत गर्न नेपाल तयार रहेको बताए। उनले नेपाल र भारतबीचको सम्बन्धलाई अब विकास साझेदारीका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

शाहले दुई देशबीच विकासको नयाँ साझेदारी सुरु भएको उल्लेख गर्दै आर्थिक सहकार्य र लगानी विस्तारबाट दुवै मुलुकले लाभ लिन सक्ने सन्देश दिएका छन्।

अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ

संयुक्त पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ गरेका थिए। शुभारम्भसँगै भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्ने कार्यक्रम अघि बढाइएको छ।

कार्यक्रममा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र विकास सहकार्य झल्काउने श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो। उक्त सामग्रीमा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनदेखि नेपालको जलविद्युत् क्षेत्रमा भारतको संलग्नतासम्मका परियोजनाबारे चर्चा गरिएको थियो।

उच्चस्तरीय भेटवार्तामा आर्थिक सहकार्यका विषय

प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। त्यसअघि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।

दुई प्रधानमन्त्रीबीचको वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, आर्थिक सहकार्य, विकास साझेदारी तथा साझा हितका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।

त्यसैगरी, भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा राजनीतिक संवादसँगै आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित: २०८३ मङ्सिर ७ गते सोमबार ०२:२५
प्रतिक्रिया

थप समाचार

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

काठमाडौँः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको निर्णयसँगै १५औँ महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिले...

प्रधानमन्त्रीको भारत भ्रमण : स्वागत भव्य, उपलब्धि औसत; सीमा विवाद र पुराना मुद्दा ओझेलमा

काठमाडौँः प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमणलाई परराष्ट्र मामिलाका जानकारहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले पहिलो द्विपक्षीय भ्रमणका हिसाबले यसलाई सफल...

प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा,...

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा.एस.जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भारतको नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका...

प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्लीस्थित...
image_5777e118
राजनीति

तीन तहका सरकारका कार्यक्रममै दोहोरोपना, राज्यलाई आर्थिक भार

संविधानको अनुसुची ५ मा राष्ट्रिय वन नीति सम्बन्धी विषय संघको अधिकार क्षेत्र भित्र छ। संविधानको अनुसूची ९ मा भने वन जंगल वन्यजन्तु वातावरण पर्यावरण संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार...
gautam
उद्योग

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
clincker_plant
उद्योग

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना