२०८३ मङ्सिर ११ गते शुक्रबार

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त, राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्यको सम्मान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ८
rajesh

काठमाडौं। नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन्।

साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो।

सो अवसरमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको छ भने विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष ९(इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारीमा राखिएको छ।

प्रदीपलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा चंकी छेत्री र सुदेश उपाध्याय उपाध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई रहेका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

साधारणसभामा नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापारिक सम्बन्ध विस्तार गर्न व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यापार मेला, प्रदर्शनी, बीटुबी भेटघाट तथा क्षेत्रगत सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

उनले दुई देशका व्यवसायीबीच नियमित संवाद, बजारसम्बन्धी सूचना आदानप्रदान, लगानीका अवसर पहिचान तथा व्यवसायीले सामना गरिरहेका समस्याको समाधानका लागि संस्थागत रूपमा व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने बताइन्।

श्रीलंका दूतावासले व्यापार, लगानी, पर्यटन तथा नवप्रवर्तन क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

राजदूत डेल्पिटियाले आगामी जनवरी १४ देखि १७ सम्म श्रीलंकामा आयोजना हुने एक्स्पो २०२७ मा नेपाली व्यवसायीहरूको सहभागिताका लागि आग्रह गर्दै उक्त प्रदर्शनीमा ३३ भन्दा बढी नेपाली खरिदकर्ता अनलाइनमार्फत दर्ता भइसकेको जानकारी दिइन्।

श्रीलंकाका लागि नेपालका राजदूत नियुक्त डा.मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम कूटनीतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताइन्।

सन् १९५७ मा स्थापित कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, पर्यटन, लगानी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

उनले आर्थिक कूटनीति, व्यावसायिक प्रतिनिधिमण्डल, प्रदर्शनी तथा बीटुबी बैठकमार्फत दुई देशबीचको सद्भावलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्न सकिने उल्लेख गरिन्।

चेम्बरका मानार्थ सदस्य डा.राजेश काजी श्रेष्ठले आफ्नो मन्तव्यमा नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी र संस्थागत नेटवर्किङलाई प्रभावकारी बनाउनुपर्ने बताए।

उनले नेपाली अर्गानिक चिया, हस्तकला, परम्परागत कला, मूर्ति, थाङ्का, खाद्य उत्पादन, पत्थर तथा गरगहनालगायत नेपाली उत्पादनलाई श्रीलंकासहित अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सकिने सम्भावना औंल्याए।

श्रेष्ठले नेपाल–श्रीलंका चेम्बर, नेपाल चेम्बर अफ कमर्स, जिल्ला तथा वस्तुगत चेम्बर, व्यवसायिक संघसंस्था र निजी क्षेत्रबीच समन्वय बढाएर व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बजार सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए। पर्यटन, चिया तथा व्यापारका क्षेत्रमा क्षेत्रगत सहकार्यलाई अघि बढाउनुपर्ने उनको धारणा थियो।

नेपाल–श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष विजयबहादुर श्रेष्ठले सभापतिको आसनबाट बोल्दै नेपाल र श्रीलंकाबीचको पुरानो व्यापारिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने बताए।

सो अवसरमा नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई विभिन्न सम्मान प्रदान गरिएको थियो।

राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अनर, जय देवानलाई टुरिजम एक्सिलेन्स अवार्ड तथा चंकी छेत्रीलाई बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।

साधारणसभाले नेपाल र श्रीलंकाबीच जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने सम्भावनाका साथै बौद्ध धार्मिक पर्यटन, संयुक्त पर्यटन प्याकेज तथा सम्पर्क सञ्जाल सुधारका विषयमा समेत जोड दिएको छ।

प्रकाशित: २०८३ मङ्सिर ८ गते मङ्गलबार ०६:१६
प्रतिक्रिया

थप समाचार

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...

अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

केन्द्रले उत्पादन गर्ने ब्रान्डीबाट प्राप्त हुने आम्दानी सरकारी राजस्वमा जम्मा हुँदै आएको थियो। तर, अन्तःशुल्क असूल नभएको भन्दै लेखापरीक्षणका क्रममा बेरुजु देखिएपछि केन्द्रले उत्पादन तथा...

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छः ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण...

विराटनगर जुट मिल्स निजी क्षेत्रलाई दिने सरकारको तयारी, माग्यो आशयपत्र

जुट मिलको रणनीतिक पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि लगानीकर्ताहरूबाट इओआई मागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...
image_5777e118
राजनीति

तीन तहका सरकारका कार्यक्रममै दोहोरोपना, राज्यलाई आर्थिक भार

संविधानको अनुसुची ५ मा राष्ट्रिय वन नीति सम्बन्धी विषय संघको अधिकार क्षेत्र भित्र छ। संविधानको अनुसूची ९ मा भने वन जंगल वन्यजन्तु वातावरण पर्यावरण संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार...
gautam
उद्योग

जयप्रकाश एसोसियट अदानी समूहले किन्यो, गौतमले नेपालमा लगानी गर्न लागेका हुन्?

स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको...
News 3 (1).psd (26)
विचार

थुप्रिएको तरलता, सुस्ताएको लगानी: नेपाली अर्थतन्त्रको ‘प्याराडक्स अफ प्लेन्टी’

नेपाल ठ्याक्कै उल्टो, अनौठो र विरोधाभासपूर्ण आर्थिक मोडमा उभिएको छ। पर्याप्त विदेशी मुद्रा सञ्चिति छ, रेमिट्यान्सको बाढीले बैंकका भल्ट भरिभराउ छन्, ऋणको ब्याजदर सस्तो बिन्दुमा झरेको छ। तर...
News 3 (1).psd (24)
विचार

‘प्रधानमन्त्रीले भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा सहमति गर्नुपर्छ’

नेपाल–भारत जलस्रोत सहकार्यमा अब ‘गिभ एण्ड टेक’ को समय
clincker_plant
उद्योग

महाशक्ति सिमेन्टले १३ अर्ब लगानीमा क्लिङकर प्लान्ट ल्याउँदै, उत्पादन क्षमता दैनिक २५०० टन

कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ। उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना