२०८३ कार्तिक १३ गते बिहिबार

अनुदान बाँडिएपछि हराभरा हुँदै बारपाक सुलिकोटका बाँझा जमिन

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १७
barpak

गोरखा–गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ। पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती गर्नेको संख्या बढ्न थालेको छ ।

पालिकाले किसानलाई प्रोत्साहनस्वरुप प्रतिरोपनी ३ हजारसम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। अनुदान पाएपछि वर्षांैदेखि बाँझो रहँदै आएका ९३८ रोपनी जमिनमा किसानले खेती गर्न थालेका उनले बताए। ‘आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदानस्वरुप प्रोत्साहन रकम दिन सुरु गरेको हो’, अध्यक्ष भट्टले भने, ‘अनुदान कार्यक्रमले किसानमा जमिन बाँभmो राख्नुहुँदैन, उत्पादनमा लाग्नुपर्छ भन्ने भावना विकास हुनुका साथै उत्साह पनि थपेको छ।’

उनका अनुसार तीन वर्षदेखि गाउँपालिकाले ‘बाँझो जग्गा उपयोग कार्यविधि २०७७’ कार्यविधि बनाएर अनुदान उपलब्ध गराउँदै आएको हो। अनुदान कार्यक्रम सुरु गर्नुभन्दा पहिला पालिकाभित्र कति खेतीयोग्य जमिन बाँझो भनी तथ्यांक संकलन गरिएको अध्यक्ष भट्टले जानकारी दिए। ‘प्राप्त तथ्यांकका आधारमा बाँझो जमिन राख्ने किसानलाई अनुदान उपलब्ध गराउन थालिएको हो’, उनले भने।

गाउँमा पछिल्लो समय खेती गर्ने क्रम विस्तारै घट्दै गएर कृषिजन्य वस्तुको आयात बढ्न थालेको अध्यक्ष भट्टको भनाइ थियो। स्थानीय उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले किसानका लागि प्रोत्साहन नीति ल्याएको उनले बताए। कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउँदै कृषि पेसाबाट स्वरोजगारी सिर्जना गर्न पालिकाले सञ्चालन गरिरहेको किसानलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको स्थानीय कृषक मोहन ढकालको भनाइ छ।

‘जमिन बाँझो राखेर लाखौँ रुपैयाँ ऋण काढेर विदेश नै जानुपर्छ भन्ने सोचको विकास हामीमा छ’, उनले भने, ‘किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमले विदेश जानुभन्दा कृषि पेसाबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने धारणा विकास गरिदिएको छ।’ ढकालका अनुसार साँधसिमानामा छिमेकीले बाँझो जमिनमा खेतीपाती गर्न थालेका छन्। किसानलाई पनि अनुदान कार्यक्रमले राहत पुगेको भन्दै गाउँपलिकाभित्र कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको उनको भनाइ थियो।

बाली र प्रकृति हेरी बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहनबापत अनुदान रकम उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए। ‘खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रतिरोपनी रू तीन हजारसम्म, मसलाबाली गर्नेलाई प्रतिरोपनी २ हजार ५ सयसम्म, फलफूल बाली लगाउने कृषक, कृषि समूह वा फार्मलाई प्रतिरोपनी २ हजारका दरले अनुदान उपलब्ध गराइएको छ’, उनले भने।

गाउँपालिकाले बनाएको कार्यविधिमा बाँझो जग्गाबारेमा जानकारी नगराउने किसानलाई प्रतिरोपनी २ सयका दरले जरिमाना तिराउने व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकतृ आचार्यले बताए। उनका अनुसार प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले तयार गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ।

प्रकाशित: २०८० असार १७ गते आईतबार ०६:५४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना