काठमाडौं- केन्द्रीय बैंक फेडरल रिजर्भ स्टिम(फेड)ले फेडरल फण्ड रेट(सन्दर्भ ब्याजदर) ०.२५ प्रतिशतले बढाएको छ। बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिको समीक्षा गर्दै ब्याजदर थप बढाउने निर्णय गरेको हो।
ब्याजदर वृद्धिसँगै फेडरल फन्ड रेट ४.७५ देखि ५ प्रतिशत कायम भएको छ। यसअघि यस्तो सन्दर्भ ब्याजदर ४.५० देखि ४.७५ प्रतिशत थियो। ५ प्रतिशत ब्याजदर १७ वर्षयताकै उच्च ब्याजदर हो।
फेडले ब्याजदर घटाउँदै मूल्यवृद्धिलाई घटाउने नीति लिँदै आएको छ। सोही नीतिलाई निरन्तरता दिँदै उसले मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर बढाउने निर्णय लिएको हो। फेडले मूल्यवृद्धिलाई २ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेको छ।
सन् २०२३ को अन्त्यसम्ममा ब्याजदर ३.३ प्रतिशत कायम गर्ने लक्ष्य राखेको छ। बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै उक्त दर कायम गर्ने निर्णय गरिएको हो।
ब्याजदर वृद्धिपछि कमिटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘अमेरिकी बैंकिङ प्रणाली वलियो र लचिलो छ, अब आगामी दिनमा पर्ने प्रभावहरुलाई कमिटीले नजिकबाट हेरेर मौद्रिक नीतिमा पर्न सक्ने प्रभाव मूल्यांकन गरी सोअनुरुपको दिशानिर्देश गर्नेछ।’
ब्याजदर वृद्धि अन्तिम चरणमा रहेको फेडका अध्यक्ष पावेलले बताएका छन्। उनको यो टिप्पणीले आगामी दिनमा ब्याजदर थप नबढ्ने रूपमा विश्लेषण गरिएको छ।


