२०८३ कार्तिक १२ गते बुधबार

बर्खाको ढुवानी घोडा खच्चडकै भरमा

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार ३१
Ghoda Khachchad

ढोरपाटन–बर्खाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुंगामुढासहितको पहिरो थुप्रिएको छ। पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन। बागलुङ बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्।

गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा–खच्चड पाल्न छाडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान लगेपछि घोडा खच्चडको आवश्यकता पनि किन होस्? तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधन नै घोडा खच्चड बनेका छन्। डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्ध रूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। टाढा–टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी सावित भएका खच्चड हिउँदको समय कामविहीन हुन्छन्।

स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। तर, यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन्। हिउँद समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन्।

केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन्। हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन्।

३४ वर्ष खच्चड व्यवसाय गरेका स्थानीय तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्ने गर्थे। १७ वटा खच्चडमार्फत साधन ढुवानी गर्दा वर्षमा पाँच लाख बढी आम्दानी गर्ने उनले अहिले २० हजार कमाउन मुस्किल पर्ने बताए। गाउँको टोल–टोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए। हिउँदभरि दान, घाँस पानी खुवाएर पाल्न गाह्रो भएको भन्दै आठ वटा खच्चड सित्तैमा बेचेको सुनाए। पहिले एउटा खच्चडको ५० हजारभन्दा बढी पर्ने गरेको स्मरणसमेत विकले गरे। अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा नभएको उनले बताए।

‘म १८–१९ वर्ष हुँदादेखि घोडाको पछि हिँड्न थालेको हुँ। तानसेन, खसौली, तम्घासबाट सामान बोकाएर ५–६ दिनमा बुर्तिबाङ आइन्थ्यो। महिनाभरिको कमाइ निकै राम्रो हुन्थ्यो। उतिबेला बुर्तिबाङभन्दा माथिका गाउँमा मोटरबाटो पुगेको थिएन’, उनले भने, ‘घोडा खच्चडलाई काम भ्याइनभ्याइ हुन्थ्यो। जब मोटरबाटो गाउँमा आए, त्यसपछि खच्चडले बोक्ने सामान सबै मोटर गाडीले बोक्न थाले। मोटर गाडीमा सामान दैलोमै आएपछि मान्छेले के–को खच्चड खोजुन्, उही बर्खा लाग्यो भने दुई–चार दिन काम आउँछ, त्यसले दाना पनि पुग्दैन।’

गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चड प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मंगले परियारले बताए। उनले अहिले खच्चडको काम नहुँदा पाल्नसमेत गाह्रो हुन थालेको गुनासो गरे। पहिले घोडा खच्चड हुने मान्छे निकै धनी मानिने गरेको जनाउँदै अहिले गरिबले मात्रै खच्चड पाल्ने गरेको उनले सुनाए।

उनले भने, ‘पहिले यसको तीन–चार ठाउँ पसल हुन्थ्यो। उसैका घोडा खच्चड हुन्थे। गरिबले मात्रै खच्चड पाल्छ, उतिबेला गरिबले घोडा खच्चड किन्न सक्दैनथे, साहू महाजनले मात्रैको हुन्थ्यो। अहिले त फ्रिमा कसैलाई लैजाभन्दा पनि कसैले लग्दैनन्, न काटेर मासु खान मिल्ने, न पालेर फाइदा, मार्न भएन। जसोतसो पाल्नुको विकल्प छैन। बर्खामा दुई दिन भारी बोकेर के आम्दानी हुन्छ?, वर्षभरि नभए पनि ६ महिना काम गर्न पाउने भए पनि धेरै सजिलो हुने थियो। काम सबै गाडीले गर्छन्, के को खच्चडलाई काम दिउन्।’

बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्ने गर्छन्। बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए। शाखा सडकका कारण लोकमार्गसमेत बेला–बेला अवरुद्ध हुने गरेको उनको भनाइ छ। मुख्य सडकलाई जसोतसो अवरुद्ध हुँदाबित्तिकै खुलाए पनि शाखा सडक असोजपछि मात्रै खुलाउने उनले बताए।

‘बर्खामा यातायात सञ्चालन हुन समस्या हुन्छ। बाढीपहिराले अहिले पनि हाम्रो पालिकाका सबै ग्रामीण सडक अवरुद्ध छन्। मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पटक–पटक अवरुद्ध हुने गरेको छ’, उनले भने, ‘सडक अवरुद्ध हुँदा यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने गरेको छ। मुख्य सडक त केही समयै खुलाउने गरेका छौं भने ग्रामीण सडक बर्खामै खुलाउन सकिँदैन। हिउँद नआउँदासम्म खुलाउन असम्भव नै हुन्छ।’

प्रकाशित: २०८० असार ३१ गते आईतबार ०८:२५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना